फाल्गुन २, २०८२ शनिबार | २०:३०:१५
आर्मीमाथि फराकिलो जित हासिल गर्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा आर्मीमाथि फराकिलो जित हासिल गर्दै मछिन्द्र झापा गोल्डकपको फाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा
शनिबारको दिन नेपाली क्रिकेट

अबको ध्यान ट्वान्टी २० विश्वकप

काठमाडौं । नेपालले आइसिसी ट्वान्टी २० विश्वकपको एसिया क्षेत्र छनोटको आयोजना गर्दैछ । प्रतियोगिता कात्तिक १३ देखि १९ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान तथा मुलपानी माथिल्लो क्रिकेट मैदानमा हुँदैछ ।

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको यो आईसिसीको सबैभन्दा ठूलो प्रतियोगिता हो । प्रतियोगितामा नेपालसहित मलेसिया ओमान, सिंगापुर, बहराइन, हङकङ, कुवेत र संयुक्त अरब इमिरेट्स (युएई) सहभागी छन् ।

नेपाललाई सन् २०१४ पछि ट्वान्टी २० विश्वपमा स्थान बनाउने मौका छ । सन् २०१४ मा नेपालले पुबुदु दाशानायेकेको प्रशिक्षण रहँदा बंगलादेशमा भएको ट्वान्टी २० विश्वकप खेलेको थियो ।

कुल १५ खेल हुने प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल मलेसिया ओमान, सिंगापुर, तथा समूह ‘बी’ मा बहराइन, हङकङ, कुवेत र युएई छन् ।

प्रत्येक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल पुग्ने दुई टोली अर्को वर्ष वेस्ट इन्डिज र अमेरिकामा हुने ट्वान्टी २० विश्वकपका लागि छनोट हुनेछन् ।

नेपाललाई सन् २०१४ पछि ट्वान्टी २० विश्वपमा स्थान बनाउने मौका छ । सन् २०१४ मा नेपालले पुबुदु दाशानायेकेको प्रशिक्षण रहँदा बंगलादेशमा भएको ट्वान्टी २० विश्वकप खेलेको थियो ।

त्यस यता नेपाल बारम्बार छनोटमा चुक्दै आएको छ । यसपटक मोन्टी देसाईलाई त्यो उपलब्धि दोहोर्याउने अवसर छ । नेपाल घरेलु मैदानको फाइदा उठाउँदै विश्वकपमा पुग्न चाहन्छ । पछिल्ला दुई वर्ष एक दिवसीय क्रिकेटमै व्यस्त नेपाली क्रिकेट करिब दुई महिना यता भने ट्वान्टी २० मा केन्द्रित भएको छ ।

रोहितकुमार पौडेलको कप्तानीमा नेपालले पहिलो ट्वान्टी २० अन्तर्राष्ट्रिय प्रतियोगिताको रूपमा भर्खरै चीनमा सम्पन्न एसियाली खेलकुद खेलेको थियो । भारतसँग पराजित हुँदा नेपालको यात्रा क्वार्टरफाइनलमा सिमित बन्यो । 

रोहितकुमार पौडेलको कप्तानीमा नेपालले पहिलो ट्वान्टी-२० अन्तर्राष्ट्रिय प्रतियोगिताको रूपमा भर्खरै चीनमा सम्पन्न एसियाली खेलकुद खेलेको थियो । भारतसँग पराजित हुँदा नेपालको यात्रा क्वार्टरफाइनलमा सिमित बन्यो । समूह चरणमा भने नेपालले मंगोलिया र माल्दिभ्सलाई स्तब्ध बनाएको थियो ।

यसैगरी नेपालले भारतको नागपुरमा १० दिनको विशेष प्रतिक्षण गर्दा स्थानिय क्लबसँग ट्वान्टी २० अभ्यास खेल खेल्यो । यसैगरी नेपालले ट्वान्टी २० विश्वकप छनोटको तयारी स्वरुप घरेलु मैदानमा शुक्रबार सम्पन्न त्रिकोणात्मक शृंखला खेल्यो ।

त्रिवि र मुलपानी माथिल्लो मैदानमा भएको प्रतियोगितामा नेपालसहित युएई र हङकङ सहभागी थिए । लिग चरणका चारै खेलमा जित निकालेको नेपाल फाइनलमा भने युएईसँग पराजित हुँदै च्याम्पियन बन्नबाट चुक्यो ।

शृंखलाको पहिलो खेलमा युएईलाई सात विकेटले पराजित गर्दै नेपालले सुखद सुरुआत गरेको थियो । यसैगरी नेपालले दोस्रो तथा तेस्रो खेलमा हङकङलाई क्रमशः ७९ रन र ६ विकेटले हराएको थियो । 

फाइनलमा कुशल भुर्तेलले अर्धशतक प्रहार गर्दै आफू लयमा फर्किएको संकेत दिएका छन्  । नेपालका लागि आसिफ शेखले एक सय ५४ र कप्तान रोहितकुमार पौडेलले एक सय ५२ रन बनाए । दुवैले पाँच खेल खेल्दा समान एक अर्धशतक प्रहार गरेका थिए ।

समूह चरणको अन्तिम खेलमा युएईमाथि ५ विकेटको जित निकालेको नेपाल फाइनलमा भने युएईसँगै चार विकेटले पराजित हुन पुग्यो । विश्वकप छनोटअघिको अन्तिम खेलमा नेपाल पराजित भए पनि शृंखलामा टोलीको प्रदर्शनले भने केही आशा जगाएको छ ।

फाइनलमा कुशल भुर्तेलले अर्धशतक प्रहार गर्दै आफू लयमा फर्किएको संकेत दिएका छन्  । नेपालका लागि आसिफ शेखले एक सय ५४ र कप्तान रोहितकुमार पौडेलले एक सय ५२ रन बनाए । दुवैले पाँच खेल खेल्दा समान एक अर्धशतक प्रहार गरेका थिए ।

यसैगरी करण केसीले दश तथा अविनाश बोहरा र सोमपाल कामीले समान सात विकेट लिए । करण र सोमपालले पाँच खेल खेल्दा अविनासले चार खेलमा मौका पाएका थिए । करण शृंखलाको सर्वोत्कृष्ट खेलाडी  चुनिए ।

व्यक्तिगत कारण त्रिकोणात्मक शृंखला नखेलेका स्पिनर सन्दीप लामिछाने विश्वकप छनोटका लागि फर्किने हुँदा नेपालको प्रदर्शनमा केही सुधार हुने अपेक्षा गर्न सकिन्छ ।

हाम्रो एक मात्र लक्ष्य भनेकै ट्वान्टी २० विश्वकप हो । जसरी भएपनि विश्वकपमा पुग्नै पर्छ र त्यहाँ गएर राम्रो गर्नुपर्छ ।

करणले यस पटक नेपालको एक मात्र लक्ष्य विश्वकपमा पुग्ने बताएका छन् । शृंखलाको दोस्रो खेलमा हङकङविरुद्ध ‘प्लेयर अफ म्याच’ बनेका करणले खेलपछि यस्तो प्रतिक्रिया  दिएका थिए ।

‘हाम्रो एक मात्र लक्ष्य भनेकै ट्वान्टी २० विश्वकप हो । जसरी भएपनि विश्वकपमा पुग्नै पर्छ र त्यहाँ गएर राम्रो गर्नुपर्छ,’ करणले भने, ‘यसपटक हामीलाई त्यो सुनौलो अवसर छ । घरेलु मैदानमै छनोट खेल्दै छौं । त्यसको फाइदा उठाउन सक्नुपर्छ ।’

शनिबारका अन्य स्टाेरीः 

सम्झनामा ‘स्पिनका सरदार’

बार्सिलोनाको भर, युवा खेलाडी

‘युनाइटेड लेजेन्ड’ चार्ल्टन

युवा टोलीको अर्काे लक्ष्य एसिया कप र विश्वकप

अबको ध्यान ट्वान्टी २० विश्वकप