करण केसी

त्रिकोणात्मक शृंखलाः करण सर्वोकृष्ट खेलाडी र उत्कृष्ट बलर

काठमाडौं । नेपालका अलराउन्डर करण केसी त्रिकोणात्मक ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट बलर चुनिएका छन् ।

नेपाल फाइनलमा युएईसँग चार विकेटले पराजित भएपनि करणले उत्कृष्ट बलिङ प्रदर्शन गरेका थिए ।

करणले पाँच खेलमा १० विकेट लिएका थिए । करणले पहिलो खेलमा युएईसँग तीन, दोस्रो खेलमा हङकङसँग चार, तेस्रो खेलमा हङकङविरुद्ध दुई र चौथो खेलमा युएईविरुद्ध एक विकेट लिएका थिए । फाइनलमा भने करण विकेटविहिन बने ।

करणले सर्वोत्कृष्ट खेलाडी चुनिएवापत पल्सरको १ सय ६० सिसीको मोटरसाइकल प्राप्त गरे ।

युएईका बसिल हामिद उत्कृष्ट ब्याटर चुनिएका छन् । बसिलले ५ खेलमा एक अर्धशतकसहित कुल १ सय ५९ रन बनाएका थिए ।