ट्वान्टी २० विश्वकप

श्रीलंकालाई १७२ रनको लक्ष्य

दुबई । मोहमद नैम र मुसफिकर रहिमको अर्धसतकप्रेरित बंगलादेशले आइसिसी ट्वान्टी विश्वकपअन्तर्गत आज (आइतबार) को पहिलो खेलमा श्रीलंकासामु एक सय ७२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

संयुक्त अरव इमिरेट्स (युएई) को शारजहाँ क्रिकेट रंगशालामा टस हारेर व्याटिङमा निम्त्याइएको बंगालदेशले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय ७१ रनको योगफल तयार गरेको छ ।

बंगलादेशका मोहमद नैमले सर्वाधिक ६२ रन बनाए । नैमले ५२ बलमा ६ चौका हिर्काए । त्यस्तै ३७ बलमा चार चौका र दुई छक्कासहित रहिमले अविजित ५७ रन जोडे ।  

नैम र रहिमले तेस्रो विकेटका लागी ७१ रनको साझेदारी गरेका थिए ।

यसैगरी लिटन दासले १६ र सकिब अल हसनले पवेलियन फर्किनुअघि १० रन जोडे ।

श्रीलंकाका चामिका करणारत्ने, विनुरा फर्नान्डो र लहिरु असलंकाले समान एक विकेट हात पारे ।