एसिसी यु-१९ प्रिमियर कप

एसिसी यु-१९ प्रिमियर कपः सेमिफाइनलमा नेपाल र जापान भिड्ने

काठमाडौं र मलेसियामा जारी एसिसी यु-१९ प्रिमियर कपको सेमिफाइनलमा नेपालले जापानको सामना गर्ने भएको छ ।

समूह ‘डी’ को अन्तिम खेलमा शुक्रबार जापानले हङकङलाई डबवर्थ लुइस पद्धतिमा ५७ रनले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

नेपालले समूह ‘ए’ तथा जापानले समूह ‘डी’ को विजेताका रूपमा अन्तिम चारमा स्थान बनाएका हुन् । नेपाल र जापानबीचको खेल शनिबार हुनेछ ।

यसैगरी शनिबार नै हुने अर्को सेमिफाइनलमा संयुक्त अरव इमिरेट्स र सिंगापुर प्रतिस्पर्धा गर्नेछन् ।