दशैं

खेलकर्मीको दशैंः क्रिकेट टोली व्यस्त, अरुलाई चा-चा ह्वीँ

काठमाडौं । हिन्दुधर्मावलम्बीहरुको महान चाड बडा दशैं सुरु भइसकेको छ । यसै धर्मसम्बन्धित सबैको समाज, घर परिवारमा दशैंको माहोल छ । नयाँ कपडा लगाउने, पिङ खेल्ने, मिठो मिठो परिकार खाँदै दशैं मनाउने गरिन्छ ।

वर्षमा एक पटक मात्रै हुने भएकाले शहर प्रवेश गरेका पनि गाँउ पुग्ने हुँदा यसको छुट्टै रौनक हुन्छ । अन्य क्षेत्रमा झैं खेलकुद क्षेत्रमा पनि यो वर्षको छुट्टै माहोल छ ।

खेलाडी, प्रशिक्षक, अफिसियल र पदाधिकारीले आ-आफ्नै भेषभूषा, धर्मअनुसार यो वर्षको दशैं मनाउँदैछन् ।  गत वर्ष दशैं लगत्तै नवौं राष्ट्रिय खेलकुद भएकाले धेरै जसो खेलाडीहरु प्रशिक्षणमै व्यस्त थिए । यसपटक क्रिकेट बाहेक अन्य खेलका खेलाडी विश्राममा छन् । 

खेलाडी, प्रशिक्षक, अफिसियल र पदाधिकारीले आ-आफ्नै भेषभूषा, धर्मअनुसार यो वर्षको दशैं मनाउँदैछन् ।  गत वर्ष दशैं लगत्तै नवौं राष्ट्रिय खेलकुद भएकाले धेरै जसो खेलाडीहरु प्रशिक्षणमै व्यस्त थिए । यसपटक क्रिकेट बाहेक अन्य खेलका खेलाडी विश्राममा छन् । चिनको हाङझाउमा भएको १९औं एसियाली खेलुकद प्रतियोगिता पछि सबै खेलाडीले विश्राम पाएका हुन् । विभागमा रहने खेलाडी पनि यसपटक घर पुग्ने योजनामा छन् ।

क्रिकेटको पुरुष टोली भने प्रतियोगितामै छ । नेपालले संयुक्त अरब इमिरेट्स (युएई) र हङकङसम्मिलित त्रिकोणात्मक शृंखला खेलिरहेको छ । यस्तै, यु–१९ टोलीले मलेसियामा एसिसी प्रिमियर कप खेलिरहेको छ । युवा टोली यो प्रतियोगिता जितेर एसिया कपमा छनोट हुँदै दशै मनाउने योजनामा छ ।

यसैगरि पुरुष फुटबल टोली भने विश्वकप छनोटमा लाओसविरुद्ध खेलेर स्वदेश फर्किसकेको छ ।

यसपटकको दशैं खेलकर्मीले कसरी मनाउँदै छन् ?

दशैं परिवारसँग मनाउँछुः एरिका गुरुङ , कराते खेलाडी


घर परिवारसँग दशैं मनाउने योजना छ । भर्खरै १९औं एसियाली खेलकुदमा रजत पदक जितेको छु । यसले छुट्टै रमाइलो बनाएको छ । सबैबाट राम्रो साथ पाएको छु । धेरै व्यस्त पनि भएको छु । यता उता सबैले पुरस्कार दिइरहेका छन् । त्यसैले पनि यो पटकको दशैं विशेष हुने भएको छ ।


चङ्गा उडाउने, मिठो खानेः संगिना वैद्य, तेक्वान्दो पूर्वखेलाडी तथा प्रशिक्षक


भर्खरै एसियाली खेलकुदबाट फर्किएका छौं । यसपटकको दशैं काठमाडौंमा नै मनाउने सोच बनाएको छु । साथीहरुसँग इष्टमित्रसँग रमाइलो गर्ने, मिठो मिठो खाने, चङ्गा उडाउने बस्ने गर्छु । मिलाएर नुवाकोट जाने योजना छ । घर परिवारसँग छुट्टै रमाइलो हुन्छ ।

हाइकिङमा जान्छुः विक्रम लामा, पूर्वफुटबल  खेलाडी


यसपटक मेरो टिका छैन । रोकिएको छ । टिका नभएपनि घर परिवार, इष्टमित्र र साथीहरुसँग रमाइलो हुन्छ । भइरहेको छ । मिठो मिठो खाने बस्ने काम भएको छ । टिकाको दिन हाइकिङ जाने योजना बनाएको छु ।

टिका लगाउँदिनः उषा भण्डारी, भलिबल खेलाडी 


यस पटक टिका नलगाउने निर्णय लिएको छु । आमा बितेकाले ममिलाई जुठो छ । अब म मात्र के टिका लगाउनु । रमाइलो गर्ने त भइरहेको छ । मिठो खाने बस्ने रमाइलो गर्छाैं । टिका मात्रै नलगाउने हो ।

खेलमै ध्यानः ललित राजवंशी, क्रिकेट खेलाडी


अहिले क्रिकेट टोलीमा छु । जसरी हुन्छ राम्रो गर्ने भन्ने छ । यसैमै व्यस्त छु । घर परिवारसँग रमाइलो नहुने भयो । तर, सबै खेलाडी एकै स्थानमा हुँदा यहाँँ पनि रमाइलो छ ।

घर परिवारसँग रमाउँछुः एन्जिला तुम्बाप्पो सुब्बा, फुटबल खेलाडी


घर परिवारसँगै रमाउँछु । विभागमा आवद्ध छु । सुटिङको क्लास र अभ्यासमा व्यस्त भएको थिएँ । बल्ल विश्राम पाएको छु । अब दशै मनाउने, रमाइलो गर्ने, साथी भाइहरुसँग खेल्ने यस्तै यस्तै हो ।

याे पनिः 

अब हतारिँदैन इंग्लिस फुटबल

टेलिभिजन खेलपत्रकारको दशैंः बिदा पाइन्न, दशैं मनाउन छाडिन्न

अब ट्वान्टी-२० अन्तर्राष्ट्रियमा ध्यान

लय समात्दै यु-१९ क्रिकेट टोली

एरिकाः ‘सी इज सो इनोसेन्ट’