फाल्गुन १७, २०८२ आइतबार | ०९:१९:०८
यमलको ह्याट्रिक, बार्सिलोनालाई चार अंकको अग्रता लिभरपुलको जित श्रीलंकालाई हराएपनि पाकिस्तान बाहिरियो मछिन्द्रको पहिलो हार, चर्च ब्वाइज चौथो स्थानमा उक्लियो काँक्रेबिहारलाई भगवतीले सहजै हरायो, एपिएफसँग पुलिसले अंक खोस्यो ट्वान्टी–२० विश्वकपमा यसपालि शतक हान्नेहरू एक भयानक सम्भावनाः टोटनहमको रेलिगेसन युरोपेली फुटबलमा इङ्लिस क्लबकै दबदबा उदयपुरबाट महिला फुटबलले समातेको गन्तव्य ठूला ५ दलका चुनावी घोषणापत्रमा खेलकुदका मुद्दा: सतही, हचुवा र गोलमटोल यमलको ह्याट्रिक, बार्सिलोनालाई चार अंकको अग्रता लिभरपुलको जित श्रीलंकालाई हराएपनि पाकिस्तान बाहिरियो मछिन्द्रको पहिलो हार, चर्च ब्वाइज चौथो स्थानमा उक्लियो काँक्रेबिहारलाई भगवतीले सहजै हरायो, एपिएफसँग पुलिसले अंक खोस्यो ट्वान्टी–२० विश्वकपमा यसपालि शतक हान्नेहरू एक भयानक सम्भावनाः टोटनहमको रेलिगेसन युरोपेली फुटबलमा इङ्लिस क्लबकै दबदबा उदयपुरबाट महिला फुटबलले समातेको गन्तव्य ठूला ५ दलका चुनावी घोषणापत्रमा खेलकुदका मुद्दा: सतही, हचुवा र गोलमटोल
शनिबारको दिन दशैं

खेलकर्मीको दशैंः क्रिकेट टोली व्यस्त, अरुलाई चा-चा ह्वीँ

काठमाडौं । हिन्दुधर्मावलम्बीहरुको महान चाड बडा दशैं सुरु भइसकेको छ । यसै धर्मसम्बन्धित सबैको समाज, घर परिवारमा दशैंको माहोल छ । नयाँ कपडा लगाउने, पिङ खेल्ने, मिठो मिठो परिकार खाँदै दशैं मनाउने गरिन्छ ।

वर्षमा एक पटक मात्रै हुने भएकाले शहर प्रवेश गरेका पनि गाँउ पुग्ने हुँदा यसको छुट्टै रौनक हुन्छ । अन्य क्षेत्रमा झैं खेलकुद क्षेत्रमा पनि यो वर्षको छुट्टै माहोल छ ।

खेलाडी, प्रशिक्षक, अफिसियल र पदाधिकारीले आ-आफ्नै भेषभूषा, धर्मअनुसार यो वर्षको दशैं मनाउँदैछन् ।  गत वर्ष दशैं लगत्तै नवौं राष्ट्रिय खेलकुद भएकाले धेरै जसो खेलाडीहरु प्रशिक्षणमै व्यस्त थिए । यसपटक क्रिकेट बाहेक अन्य खेलका खेलाडी विश्राममा छन् । 

खेलाडी, प्रशिक्षक, अफिसियल र पदाधिकारीले आ-आफ्नै भेषभूषा, धर्मअनुसार यो वर्षको दशैं मनाउँदैछन् ।  गत वर्ष दशैं लगत्तै नवौं राष्ट्रिय खेलकुद भएकाले धेरै जसो खेलाडीहरु प्रशिक्षणमै व्यस्त थिए । यसपटक क्रिकेट बाहेक अन्य खेलका खेलाडी विश्राममा छन् । चिनको हाङझाउमा भएको १९औं एसियाली खेलुकद प्रतियोगिता पछि सबै खेलाडीले विश्राम पाएका हुन् । विभागमा रहने खेलाडी पनि यसपटक घर पुग्ने योजनामा छन् ।

क्रिकेटको पुरुष टोली भने प्रतियोगितामै छ । नेपालले संयुक्त अरब इमिरेट्स (युएई) र हङकङसम्मिलित त्रिकोणात्मक शृंखला खेलिरहेको छ । यस्तै, यु–१९ टोलीले मलेसियामा एसिसी प्रिमियर कप खेलिरहेको छ । युवा टोली यो प्रतियोगिता जितेर एसिया कपमा छनोट हुँदै दशै मनाउने योजनामा छ ।

यसैगरि पुरुष फुटबल टोली भने विश्वकप छनोटमा लाओसविरुद्ध खेलेर स्वदेश फर्किसकेको छ ।

यसपटकको दशैं खेलकर्मीले कसरी मनाउँदै छन् ?

दशैं परिवारसँग मनाउँछुः एरिका गुरुङ , कराते खेलाडी

घर परिवारसँग दशैं मनाउने योजना छ । भर्खरै १९औं एसियाली खेलकुदमा रजत पदक जितेको छु । यसले छुट्टै रमाइलो बनाएको छ । सबैबाट राम्रो साथ पाएको छु । धेरै व्यस्त पनि भएको छु । यता उता सबैले पुरस्कार दिइरहेका छन् । त्यसैले पनि यो पटकको दशैं विशेष हुने भएको छ ।

चङ्गा उडाउने, मिठो खानेः संगिना वैद्य, तेक्वान्दो पूर्वखेलाडी तथा प्रशिक्षक

भर्खरै एसियाली खेलकुदबाट फर्किएका छौं । यसपटकको दशैं काठमाडौंमा नै मनाउने सोच बनाएको छु । साथीहरुसँग इष्टमित्रसँग रमाइलो गर्ने, मिठो मिठो खाने, चङ्गा उडाउने बस्ने गर्छु । मिलाएर नुवाकोट जाने योजना छ । घर परिवारसँग छुट्टै रमाइलो हुन्छ ।

हाइकिङमा जान्छुः विक्रम लामा, पूर्वफुटबल  खेलाडी

यसपटक मेरो टिका छैन । रोकिएको छ । टिका नभएपनि घर परिवार, इष्टमित्र र साथीहरुसँग रमाइलो हुन्छ । भइरहेको छ । मिठो मिठो खाने बस्ने काम भएको छ । टिकाको दिन हाइकिङ जाने योजना बनाएको छु ।

टिका लगाउँदिनः उषा भण्डारी, भलिबल खेलाडी 

यस पटक टिका नलगाउने निर्णय लिएको छु । आमा बितेकाले ममिलाई जुठो छ । अब म मात्र के टिका लगाउनु । रमाइलो गर्ने त भइरहेको छ । मिठो खाने बस्ने रमाइलो गर्छाैं । टिका मात्रै नलगाउने हो ।

खेलमै ध्यानः ललित राजवंशी, क्रिकेट खेलाडी

अहिले क्रिकेट टोलीमा छु । जसरी हुन्छ राम्रो गर्ने भन्ने छ । यसैमै व्यस्त छु । घर परिवारसँग रमाइलो नहुने भयो । तर, सबै खेलाडी एकै स्थानमा हुँदा यहाँँ पनि रमाइलो छ ।

घर परिवारसँग रमाउँछुः एन्जिला तुम्बाप्पो सुब्बा, फुटबल खेलाडी

घर परिवारसँगै रमाउँछु । विभागमा आवद्ध छु । सुटिङको क्लास र अभ्यासमा व्यस्त भएको थिएँ । बल्ल विश्राम पाएको छु । अब दशै मनाउने, रमाइलो गर्ने, साथी भाइहरुसँग खेल्ने यस्तै यस्तै हो ।

याे पनिः 

अब हतारिँदैन इंग्लिस फुटबल

टेलिभिजन खेलपत्रकारको दशैंः बिदा पाइन्न, दशैं मनाउन छाडिन्न

अब ट्वान्टी-२० अन्तर्राष्ट्रियमा ध्यान

लय समात्दै यु-१९ क्रिकेट टोली

एरिकाः ‘सी इज सो इनोसेन्ट’