आश्विन १, २०८२ बिहीबार | ०४:२४:४२
उदीयमान गोलकिपर जियारथ अस्ट्रेलिया पलायन एन्फाले गर्याे जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको सम्झनामा दीप प्रज्वलन डिन हाउसनको रातो कार्डविरुद्ध रियाल मड्रिडको अपिल अस्वीकृत एसियाली खेलकुदका लागि नेपालबाट ३२ खेलका ४३४ खेलाडी दर्ता कपन टाइगर तेक्वान्दो टोलीले ‘इन्डिया गट ट्यालेन्ट’मा सहभागिता जनाउने ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड कम्तिमा पनि ६ साता मैदान बाहिर रहने फुटसल एसियन कप छनोटमा सहभागिता नजनाएपछि एन्फालाई एएफसीको कार्बाही यामलले च्याम्पियन्स लिगको पहिलो खेल गुमाउने पक्का डच बलर भिभियन किङ्मामाथि तीन महिनाको प्रतिबन्ध सानो उमेरमा च्याम्पियन्स लिग खेल्ने कीर्तिमानी खेलाडीहरू उदीयमान गोलकिपर जियारथ अस्ट्रेलिया पलायन एन्फाले गर्याे जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको सम्झनामा दीप प्रज्वलन डिन हाउसनको रातो कार्डविरुद्ध रियाल मड्रिडको अपिल अस्वीकृत एसियाली खेलकुदका लागि नेपालबाट ३२ खेलका ४३४ खेलाडी दर्ता कपन टाइगर तेक्वान्दो टोलीले ‘इन्डिया गट ट्यालेन्ट’मा सहभागिता जनाउने ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड कम्तिमा पनि ६ साता मैदान बाहिर रहने फुटसल एसियन कप छनोटमा सहभागिता नजनाएपछि एन्फालाई एएफसीको कार्बाही यामलले च्याम्पियन्स लिगको पहिलो खेल गुमाउने पक्का डच बलर भिभियन किङ्मामाथि तीन महिनाको प्रतिबन्ध सानो उमेरमा च्याम्पियन्स लिग खेल्ने कीर्तिमानी खेलाडीहरू
शनिबारको दिन नेपाली क्रिकेट

अब ध्यान ट्वान्टी-२० अन्तर्राष्ट्रियमा

काठमाडौं । नेपाली राष्ट्रिय टोली पछिल्ला दुई वर्ष यता निकै व्यस्त बनिरहेको छ । आइसिसी र एसिसीका प्रतियोगिताहरु लगातार भइरहँदा खेलाडीहरुले राम्रोसँग आराम पनि गर्न पाएका छैनन् ।

आइसिसी विश्वकप क्रिकेट लिग-२ मा नेपालले आफ्नो एकदिवसीय विश्वकप मान्यता जोगाएन मात्र अन्तिम १२ मध्ये ११ खेल जित्दै तेस्रो स्थानमा रहेर विश्वकप छनोट (ग्लोबल क्वालिफायरमा) स्थान सुरक्षित गर्याे ।

पछिल्लोपटक धेरै म्याच अनुभव पाइहरेको नेपालले टेस्ट राष्ट्र भारत, पाकिस्तान, वेस्ट इन्डिज, जिम्बावे, आयरल्यान्डसँग खेल्ने अवसर पाएको थियो ।

लिग–२ पछि नेपालले विश्वकप छनोट, एसिसी प्रिमियर कप, एसिसी इमर्जिङ टिम्स एसिया कप, एसिसी एसिया कप र एसियाली खेलकुदमा सहभागिता जनायो ।

यीमध्ये एसियाली खेलकुदबाहेक सबै एकदिवसीय प्रतियोगिता थिए । पछिल्लोपटक धेरै म्याच अनुभव पाइहरेको नेपालले टेस्ट राष्ट्र भारत, पाकिस्तान, वेस्ट इन्डिज, जिम्बावे, आयरल्यान्डसँग खेल्ने अवसर पाएको थियो ।

रोहितकुमार पौडेलको कप्तानीमा नेपालले पहिलो ट्वान्टी-२० अन्तर्राष्ट्रिय प्रतियोगिताको रूपमा भर्खरै चीनमा सम्पन्न एसियाली खेलकुद खेलेको थियो ।

भारतसँग पराजित हुँदा नेपालको यात्रा क्वार्टरफाइनलमा सिमित बन्यो । समूह चरणमा भने नेपालले मंगोलिया र माल्दिभ्सलाई स्तब्ध बनाएको थियो ।

अहिले नेपाली क्रिकेटको माहोल एकदिवसीयबाट ट्वान्टी-२० अन्तर्राष्ट्रियतर्फ ढल्किएको छ । अब नेपालले लागतार दुई ट्वान्टी-२० प्रतियोगिता खेल्दैछ ।

यसैगरी नेपालले भारतको नागपुरमा १० दिनको विशेष प्रतिशक्षण गर्दा स्थानीय क्लबसँग ट्वान्टी–२० अभ्यास खेल खेल्यो । यसले पनि नेपाललाई नयाँ शैलीमा ढाल्न सहयोग गरेको छ ।

अहिले नेपाली क्रिकेटको माहोल एकदिवसीयबाट ट्वान्टी-२० अन्तर्राष्ट्रियतर्फ ढल्किएको छ । अब नेपालले लागतार दुई ट्वान्टी-२० प्रतियोगिता खेल्दैछ ।

यतीबेला नेपाल, संयुक्त अरब इमिरेट्स (युएई) र हङकङसम्मिलित त्रिकोणात्मक ट्वान्टी-२० शृंखला भइरहेको छ ।

आइसिसी ट्वान्टी-२० विश्वकप छनोटको तयारीस्वरुप भएको यो प्रतियोगिका सुरुआत दुई खेल खेल्दा नेपालले दुवैमा जित निकालेको छ । नेपालले युएई र हङकङलाई पराजित गरेको हो ।

नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल एकदिवसीयबाट ट्वान्टीमा स्थान्तरण भए पनि प्रदर्शनमा खासै असर नगर्ने बताउँछन् ।

त्रिकोणात्मक शृंखलापछि नेपालले आइसिसी ट्वान्टी-२० एसिया क्षेत्र छनोट आयोजना गर्दैछ । प्रतियोगिता कात्तिक १३ देखि १९ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय तथा मुलपानी क्रिकेट मैदानमा हुनेछ ।

नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल एकदिवसीयबाट ट्वान्टीमा स्थान्तरण भए पनि प्रदर्शनमा खासै असर नगर्ने बताउँछन् ।

‘हामीले लगातार एकदिवसीय खेलहरु खेलिरहेका छौं । तर अहिले ट्वान्टी–२० मा स्थान्तरण हुँदा प्रदर्शनमा खासै असर गर्दैन । एकदिवसीय र ट्वान्टी-२० खेल्नु लगभग उस्तै हो,’कप्तान रोहितले भने, ‘हामीले एसियाली खेलकुद खेल्यो, नागपुरमा पनि स्थानीय क्लबसँग ट्वान्टी-२० अभ्यास खेलेका थियौं । सबै जना ट्वान्टी-२० मा एड्जस्ट भइसकेका छौं । त्यसैगरी राम्रो नतिजा आउनेमा विश्वस्त छु ।’

प्रशिक्षक मोन्टी देसाइलाई नयाँ चुनौतीनेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाइसामू नयाँ चुनौती थपिएको छ र त्यो हो टोलीलाई ट्वान्टी-२० विश्वकपमा छनोट गराउने ।

देसाइलाई पुबुदु दाशानयकेपछि नेपाललाई ट्वान्टी-२० विश्वकपमा पुर्याउने प्रशिक्षक बन्ने अवसर छ र चुनौती पनि ।  पछिल्लो समयको प्रदर्शनले नेपाली टोलीमाथिको अपेक्षा बढी रहेको छ जसलाई पूरा गर्न त्यतीसहज छैन । 

नेपाल सन् २०१४ पछि ट्वान्टी-२० विश्वकप खेल्ने लक्ष्यमा छ । त्यतीबेला विश्वकप छनोटका रूपमा नेपाललाई त्यसलाई साकार गर्ने सुनौलो अवसर आएको छ । त्यो पनि घरेलु मैदानमै ।  

देसाइको आगमनपछि नेपालले एकदिवसीयमा उत्कृष्ट प्रदर्शन गर्यो । नेपाली समर्थक ट्वान्टी-२० मा उनीबाट सोही अपेक्षा राखेका छन् ।

आइसिसी ट्वान्टी-२० विश्वकप छनोटको समूह ‘ए’ मा नेपाल मलेसिया, ओमान र सिंगापुर तथा समूह ‘बी’मा बहराइन, हङकङ, कुवेत र युएई छन् ।

प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । त्यस्तै फाइनल पुग्ने दुई टोलीले वेस्ट इन्डिज र अमेरिकामा हुने ट्वान्टी-२० विश्वकपमा स्थान सुरक्षित गर्नेछन् ।

देसाइलाई पुबुदु दाशानयकेपछि नेपाललाई ट्वान्टी-२० विश्वकपमा पुर्याउने प्रशिक्षक बन्ने अवसर छ र चुनौती पनि ।  पछिल्लो समयको प्रदर्शनले नेपाली टोलीमाथिको अपेक्षा बढी रहेको छ जसलाई पूरा गर्न त्यतीसहज छैन । नेपाली क्रिकेट पछिल्ला दुई वर्ष एकदिवसीय अन्तर्राष्ट्रियमै घुमिरहेको थियो । अब पालो ट्वान्टी–२० अन्तर्राष्ट्रियको ।

याे पनिः 

अब हतारिँदैन इंग्लिस फुटबल

टेलिभिजन खेलपत्रकारको दशैंः बिदा पाइन्न, दशैं मनाउन छाडिन्न

खेलकर्मीको दशैंः क्रिकेट टोली व्यस्त, अरुलाई चा-चा ह्वीँ

लय समात्दै यु-१९ क्रिकेट टोली

एरिकाः ‘सी इज सो इनोसेन्ट’