आइसिसी महिला ट्वान्टी-२० विश्वकप एसिया क्षेत्र छनोट

विश्वकप छनोटः बहराइनले नेपाललाई दियो ३२ रनको लक्ष्य

फाइल फोटो

काठमाडौं । आइसिसी महिला ट्वान्टी-२० विश्वकप एसिया क्षेत्र छनोटको दोस्रो खेलमा बहराइनले नेपालसामू ३२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

समूह ‘ए’ अन्तर्गत मलेसियाको क्वालालाम्पुर सेलान्गोर टर्फ क्लब रंगशालामा टस जितेर ब्याटिङ रोजेको बहराइनले १५.४ ओभरमा सबै विकेट गुमाउँदै ३१ रनको योगफल तयार पारेको थियो ।

बहराइनका लागि कप्तान दिपिका रासंगिकाले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि इन्दु बर्माले तीन, खुशी डंगोलले दुई तथा कप्तान रुबिना क्षेत्री, कविता कुँवर र पूजा महतोले समान एक विकेट लिए ।

नेपाल लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ । पहिलो खेलमा नेपालले घरेलु टोली मलेसियाविरुद्ध पाँच रनको रोमाञ्चक जित निकालेको थियो ।

पहिलो खेलमा कतारविरुद्ध पाँच विकेटको सहज जित निकालेको बहराइन पनि नेपाललाई स्तब्ध बनाउने सोचमा छ ।

यी दुईबीचको पछिल्लो भेटमा नेपाल आठ विकेटले विजयी भएको थियो ।