ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला

टस जितेर फिल्डिङमा नेपाल

काठमाडौं । नेपालले मलेसियामा जारी चार देशसम्मिलित महिला ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाको फाइनलमा नेपालले हङकङविरुद्ध फिल्डिङ गर्ने भएको छ ।

बायोमास मैदानमा नेपाली समयअनुसार बिहान ११ः४५ बाट सुरु हुने खेलमा नेपाली कप्तान रुबिना क्षेत्रीले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएकी हुन् ।

 शृंखलाको लिग चरणमा नेपाल शीर्ष र हङकङ दोस्रो स्थानमा रहेर फाइनल प्रवेश गरेका हुन् ।

पहिलो खेलमा हङकङलाई ६ विकेट र दोस्रो खेलमा कुवेतलाई ३४ रनले पराजित गरेको नेपालले मलेसियासँग ६ विकेटको पराजय ब्यहोरेको थियो ।

नेपालसँग पराजित हङकङले मलेसियालाई १० विकेट र कुवेतलाई १६ रनले पराजित गरेको थियो ।