आइसिसी एकदिवसीय विश्वकप छनोट

नेपालका दुवै ओपनर आउट

काठमाडौ । आइसिसी एकदिवसीय विश्वकप छनोट (ग्लोवल क्वालिफायर) को पहिलो खेलमा घरेलु टोली जिम्बावेविरुद्ध नेपालका दुवै ओपनर आउट भएका छन् ।

हरारे स्पोर्टस क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले पहिलो विकेटका रूपमा कुशल भुर्तेललाई गुमाएको थियो ।

कुशललाई ३१.५ ओभरमा वालिङटन मास्काडजाले बोल्ड गराएका थिए । कुशलले ९५ बलमा १३ चौका र दुई छक्काको मद्दतमा ९९ रन बनाए ।

यसैगरी नेपालले दोस्रो विकेटका रूपमा अर्का ओनर आसिफ शेखलाई गुमायो । आसिफलाई ३३.५ ओभरमा मास्काडाजाले  नै रायन बर्लबाट क्याच गराए ।

आसिफले एक सय बलमा सात चौकाको मद्दतमा ६६ रन बनाए ।

पहिलो विकेटका लागि कुशल र आसिफले एक सय ७१ रनको साझेदारी गरेका थिए ।