ओमरजाईको आक्रामक ब्याटिङ, विराटनगरलाई ललितपुरको कीर्तिमानी लक्ष्य

काठमाडौं, (खेलाडी)- अज्मतुल्ला ओमरजाईको आक्रामक ब्याटिङप्रेरित ललितपुर पेट्रियटसले एभरेष्ट प्रिमियर लिग (इपिएल) मा विराटनगर वारियर्ससामु दुई सय २७ रनको कीर्तिमानी लक्ष्य प्रस्तुत गरेको छ  ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि आएको ललितपुरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २ सय २६ रनको योगफल तयार पारेको हो ।

ओमरजाईले २४ बलमा ७ चौका मद्दतमा अविजित ५८ रन बनाए भने नारायणा जोशीसँग चार बलमा तीन छक्का मद्दतमा अविजित १८ रन बनााए । नरायणले रामनरेश गिरीलाई २० औ ओभरमा लगातर तीन छक्का प्रहार गरेका थिए ।

त्यस्तै ओपनर सन्दुन विराकोदेले ४३ बलमा १० चौका र तीन छक्का मद्दतमा ७३ रन प्रहार गरे । विराकोदेले पहिलो विकेटका लागि कप्तान कुशल भुर्तेलसँग ७० रनको साझेदारी गरे । कुशलले १७ बलमा चार चौका र दुई छक्का मद्दतमा ३२ रन प्रहार गरे । योगेन्द्रसिहं कार्कीले ३२ रन जोडे ।

विराटनगरका करण केसीले दुई तथा सिकन्दर राजा,दिलसान मुनाविरा र प्रतिश जिसीले समान एक विकेट लिए ।