ऋचा मेमोरियल टी-२० क्रिकेट प्रतियोगिता

एपिएफ र नरपथगञ्जको विजयी सुरुआत

काठमाडौं । प्रथम ऋचा मेमोरियल टी-२० क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल एपिएफ क्लब र भारत बिहारको राहुल ११ नरपथगञ्जले विजय  सुरुआत गरेका छन् ।

पूर्वाञ्चल क्रिकेट एकेडेमीको आयोजनामा विराटनगर जुट मिलको खेल मैदानमा सोमबार भएको उद्घाटन खेलमा नरपथगन्जले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई चार विकेटले पराजित गरेको हो ।

आर्मीले प्रस्तुत गरेको एक सय २५ रनको लक्ष्य नरपथगञ्जले १६.४ ओभरमा ६ विकेट गुमाएर भेट्टायो ।

नरपथगञ्जका लागि रवी रोयले ३० बलमा समान तीन चौका र छ्क्काको मद्दतमा ४० रन बनाए । यसैगरी भानु आन्दले ३३ र अमर चौधरीले २० रनको योगदान गरे ।

आर्मीका लागि जितेन्द्र मुखिया र आकाश चन्दले समान दुई तथा सुशान्त विराजले एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको आर्मीले १७.४ ओभरमा सबै विकेट गुमाएर एक २४ रनको योगफल तयार पारेको थियो । आर्मीका लागि हरी चौहानले ४० बलमा   ६ छक्का र चार चौकोको मद्दमा प्रहार गरी ६३ रन बनाए । यसैगरी राजेश पुलामीले ३४ रनजोडे ।

 नरपथगञ्जका लागि श्रवन वर्माले चार तथा रबडा कुमारले दुई विकेट लिए ।

दोस्रो खेलमा एपिएफले वाईआरसिसी क्रिकेट क्लब विराटनगरलाई चार विकेटले नै हरायो ।  वाईआरसिसीले प्रस्तुत गरेको एक सय १६ रनको लक्ष्य एसपिएफले १७.३ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो ।

 एपिएफका लागि पुरन बिकले २७, अरुणले २६ र अमरसिंह रौटेलाले २२ रन बनाए ।

 वाईआरसिसीका कमल खत्री र हर्षले समान दुई विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको वाईआरसिसीले १८.५ बलमा सबै विकेट गुमाएर एक १५ रनको योगफल तयार पारेको थियो ।

  वाईआरसिसीका अलराउन्डर हर्षले ३० बलमा ४ चौका र २ छक्काको मद्दतमा ४४ रन बनाए ।

  एपिएफका पुरन बिकले चार तथा अमरसिंह रौटेलाले तीन विकेट लिए ।

नेपाल क्रिकेट संघका वरिष्ठ सल्लाहकार एवं पूर्वउपाध्यक्ष नरेश श्रेष्ठले दिवंगत छोरीको नाममा आयोजना गरिएको प्रतियोगिता वैशाख ३ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिता तीन विभागीयसहित ८ वटा टोलीको सहभागिता छ ।

प्रतियोगिताका विजेताले एक लाख ५० हजार र उपविजेताले ७५ हजार रुपैयाँ सहित ट्रफी पाउनेछन् । त्यसैगरी सर्वोत्कउष्ट खेलाडीले  ५० हजार मूल्य बराबरको क्रिकेट किट पाउनेछ ।