टस जितेर काठमाडौं बलिङ गर्दै 


काठमाडौं , (खेलाडी)- एभरेष्ट प्रिमियर लिगको चौथो संस्करणको उद्घाटन खेलमा काठमाडौं किङ्स इलेभेन र साविक विजेता ललितपुर प्याट्रियट्सबीच खेल हुँदैछ । 

कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय क्रिकेट मैदानमा काठमाडौंले टस जितेर फिल्डिङ रोजेको छ ।

ललितपुर युवा ब्याटर कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रदैछ भने काठमाडौं लेग स्पिनर सन्दीप लामिछानेको कप्तानीमा खेल्नेछ । 

असोज २३ सम्म संचालन हुने प्रतियोगितामा ललितपुर र काठमाडौंसहित चितवन टाइगर्स, विराटनगर वारियर्स, पोखरा राइनोज र भैरहवा ग्याडियटर्स सहभागी छन् ।