अफ्रिदी काठमाडौंमा, इपिएलमा दुई खेल खेल्ने

काठमाडौं, (खेलाडी)- एभरेस्ट प्रिमियर लिग (इपिएल) का लागी पाकिस्तान पूर्वकप्तान साहिद अफ्रिदी आज काठमाडौं आइपुगेका छन् । 

अफ्रिदी बिहीबार दिउँसो  ३ बजेर ५ मिनेटमा कतार एयरवेजको फ्लाइटबाट काठमाडौ आएका हुन् ।

काठमाडौंका क्रिकेट समर्थकबीच अत्यन्तै लोकप्रिय पाकिस्तानी अलराउन्डर अफ्रिदीले इपिएलमा काठमाडौं किग्स इलाभेनबाट खेल्नेछन् ।

नेपाली खेलकुदमा व्यावसायिक रुपमा खेल्न आउनेमध्यै अफ्रिदी अहिलेसम्मका सबभन्दा ठूला स्टार हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनेवित्तिकै अफ्रिदीले नेपाल आउँदा खुसी लागेको प्रतिकृया दिए । 

उनले भने, 'यहाँ आउन पाउँदा मलाई एकदमै खुसी लागेको छ । यहाँको व्यवस्थापनबाट पनि म अत्यन्तै प्रभावित भएको छु । इपिएलमा दुई खेल खेलेर फर्किन्छु ।'

इपिएलको चौथो संस्करण शनिबारबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।