फाइल तस्विर
नेपाली फुटबल

ब्रिटिस आर्मीसँग बराबरीमा रोकियो नेपाल

काठमाडौं । बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली पहिलो मैत्रीपूर्ण खेलमा ब्रिटिस आर्मीसँग शुक्रबार गोलरहित बराबरीमा रोकिएका छ ।

अल्सडरसट टाउन फुटबल क्लबको मैदान घरेलु मैदान इबिबी रंगशालामा दुवै टोलीको पाएका केही अवसरलाई सदुपयोग गर्न सकेनन् ।

अब नेपालले आगामी सोमबार इङ्ल्यान्ड ‘सी’ सँग प्रतिस्पर्धा गर्नेछ ।

फिफा विश्वकप र एएफसी एसिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणका बाँकी खेलको तयारीस्वरुप नेपाली टोली बेलायत पुगेको हो ।

नेपालले यही जेठ २४ गते घरेलु मैदान, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा युएईको सामना गर्दैछ । यसअघिका चारै खेल गुमाएको नेपाल विश्वकप पुग्ने सम्भावना समाप्त भइसकेको छ । युएईपछि नेपालले जेठ २९ गते घरेलु टोली यमनविरुद्ध अन्तिम खेल खेल्नेछ । खेल  अहमद बिन अली रंगशालामा हुनेछ ।