मिल्स गोल्डकप

एपिएफ फाइनलमा

विराटनगर । एपिएफ पकली, सुनसरी झापाको कन्काई स्पोर्टिङ क्लबविरुद्ध पेनाल्टी सुटआउटमा २-० को जित निकाल्दै चौथो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

मिल्स गोल्डकप ट्रस्टको आयोजनामा जारी प्रतियोगिताको बुधबार सम्पन्न पहिलो सेमिफाइनल निर्धारित समयमा १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो ।

पेनाल्टीमा एपिएफका लागि दीपेश धिमाल र हरि कार्कीले गोल गरे भने उज्वल चाम्लिङ  चुके । कन्काइका अनोज मगर, संजीव रसाइली, रोजन धिमाल र मिरक लिम्बुले गोल गर्न गर्न सकेनन् ।

खेलको २९औं मिनेटमा मिरक लिम्बुको गोलमार्फत कन्काइले अग्रता लिएको थियो । ६०औं मिनेटमा हरि कार्कीले पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

दोस्रो तथा अन्तिम सेमिफाइनलमा बिहीबार विराटनगरको पेमा युवा क्लब र विराटनगरकै कोशी प्रदेश प्रहरी कार्यालय भिड्नेछन् ।