सिन्धुपाल्चोक जिल्ला लिग

सिन्धुपाल्चोक जिल्ला लिगः चौताराको विजयी सुरुआत

लामोसाँघु ।  चौतारा स्पोर्टिङ क्लबले सिन्धुपाल्चोक जिल्ला लिगमा विजयी सुरुआत गरेको छ। लामोसाँघुस्थित वसन्तपुर खेल मैदानमा बुधबार भएको उद्घाटन खेलमा चौताराले साँगाचोक युथ क्लबलाई ४-२ ले पराजित गर्यो । 

चौतारालाई जित दिलाउन सागर तामाङ, सुरेश रायमाझी, प्रकाश खत्री र कप्तान भीमबहादुर गुरुङले गोल गरे। साँगाचोकका लागि राहुल नेपाल र दावा तामाङले गोल फर्काए ।

जितसँगै समूह ‘ए’ को चौताराले तीन अंक जोडेको छ। साँगाचोकले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ।

आयोजक जिल्ला फुटबल संघ सिन्धुपाल्चोक अनुसार बिहीबार दुई खेल हुनेछ।

लिगमा  १२ क्लब सहभागी  छन्। जसलाई चार समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा साँगाचोक युथ क्लब, चौतारा स्पोर्टिङ क्लब र न्युजेनेरेसन क्लब छन्।

समूह ‘बी’ मा श्री राइजिङ युथ क्लब, बाह्रदेवी युथ क्लब र धार्पा युवा क्लब, समूह ‘सी’ मा लामोसाँघु फुटबल क्लब, प्याराडाइज युवा क्लब र योङ्ग जेनेरेसन युवा क्लब  छन्।

यसैगरी समूह ‘डी’ मा न्यु सदाबाहार युवा क्लब, सुनौलो बिहानी अभियान र श्री कालीका त्रिशक्ति युवा क्लब छन्।

लिगको विजेताले १ लाख ११ हजार १११ रुपैयाँ र उपविजेताले ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने पाउनेछन् ।

आयोजकका अनुसार लिगमा सहभागी हुने सबे खेलाडीको बिमा  गरिएको छ।