- सिन्धुपाल्चोक जिल्ला लिग: चौतारा च्याम्पियन
- गोदावरी मेयर कपः सेमिफाइनल समिकरण पूरा
- प्रकाश दाहाल स्मृति भलिबलः हेटौंडा र माडीको विजयी सुरुआत
- पोखरा स्पोर्टस अवार्डमा गायक सपुत र दाहालले प्रस्तुती दिने
- आर्सनलको सहज जित
- नेपालले यो वर्ष काभाका दुई प्रतियोगिता आयोजना गर्ने
- मोक्षदाको लगातार दोस्रो जित
- आसिफ र अनिलको अर्धशतकमा नेपालको सान्त्वना जित
- वेस्ट इन्डिज ‘ए’ विरुद्ध अनिलको अर्धशतक
- अर्धशतक बनाउँदै आउट भए आसिफ
म्यानचेस्टर । म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर साल्सायरले क्रिस्टियानो रोनाल्डोको आलोचना गर्न नहुने भन्दै पोर्चुगिच स्ट्राइकरको बचाउ गरेका छन् ।
च्याम्पियन्स लिगमा बिहीबार युनाइटेडले उत्कृष्ट पुनरागमनमा एट्लान्टामाथी ३-२ को जित निकाल्दा रोनाल्डोले तेस्रो तथा निर्णायक गोल गरेका थिए ।
‘सबैभन्दा पहिले रोनाल्डो अझै पूर्ण रुपमा फिट छन्, र उनले एट्लान्टाविरुद्धको जस्तो अवस्था पाँच सय पटक खेलिसकेका छन्,’ सोल्सायरले भने, ‘उनी यस्तो कठिन अवस्थाका लागि अनुभवी खेलाडी हुन् । उनले यस्तो अवस्थामा धेरै पटक आफूलाई प्रमाणित गरिसकेका छन् । यदी मानिसहरु रोनाल्डोको आलोचना गर्छन भने त्यो पूर्ण रुपमा गलत हो ।’
युनाइटेडले प्रिमियर लिगका पछिल्लो नौं खेलदेखी घरेलु मैदानमा ‘क्लिन सिट’ राख्न सकेको छैन । टोलीले प्रिमियर लिगका पछिल्ला सात खेलमा आठ अंक मात्रै जोडेको छ ।