अस्ट्रेलियन ओपन

पुनरागमन जित निकाल्दै मेदभेदेव फाइनलमा

काठमाडौं । जर्मनीका अलेक्सजेन्डर ज्वेरेभमाथि ३-२ सेटको पुनरागमन जित निकाल्दै रसियन स्टार ड्यानिल मेदभेदेव वर्षको पहिलो ग्रान्डस्लाम प्रतियोगिता अस्ट्रेलियन ओपनको पुरुष एकलतर्फ फाइनलमा प्रवेश गरेका छन् ।

रोड लेभर एरिनमा शुक्रबार विश्व नम्बर तीन मेदभेदेवले विश्व नम्बर ६ ज्वेरेभविरुद्ध दुई सेटलेपछि परेको स्थितीलाई उल्टाएका हुन् । सुरुआती दुई सेट ५-७, ६-३ ले गुमाएका मेदभेदेवले त्यसपछिका रोमाञ्चक दुई सेट ७-६ (७-४), ७-६ ( ७-५ ) ले आफ्नो पक्षमा पार्दै खेललाई पाँचौं सेटसम्म लम्बाएका थिए ।

पाँचौं तथा निर्णायक सेटमा मेदभेदेव ६-३ ले विजयी भए ।

अब मेदभेदेवले उपाधिका लागि आइतबार विश्व नम्बर चार इटालियन जानिक सिनरको सामना गर्नेछ । सिनरले साविक विजेता सर्बियन स्टार नोभाक जोकोभिचलाइृ ३-१ को सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् ।

सुरुआती दुई सेटमा ६-१, ६-२ को सहज जित निकालेका सिनरले निकै रोमाञ्चक बनेको तेस्रो सेट ६-७( ६-८) ले गुमाएका थिए । चौथो सेटमा भने सिनर ६-४ ले विजयी भए ।