वैशाख ७, २०८२ आइतबार | १९:२८:३८
बेङ्लुरुको पाँचौं जित, विराट र देवदत्तको अर्धशतक पञ्जावले दियो बेङ्लुरुलाई १५८ रनको लक्ष्य एसियन इ-स्पोर्टस च्याम्पियनसिपमा १३ राष्ट्रले सहभागिता जनाउने बेङ्लुरुविरुद्ध ब्याटिङ गर्दै पञ्जाव अंक दूरी घटाउँदै श्री भगवती ‘सी’ डिभजनका ९ क्लबलाई मताधिकार गुजरातका कप्तान शुभमन गिललाई १२ लाख जरिवाना शीर्ष स्थानमा उक्लने पञ्जावको लक्ष्य चितवन र पोखरा भिड्दै ललितपुरले रेफ्रीको निर्णयविरुद्ध अपिल गर्ने बेङ्लुरुको पाँचौं जित, विराट र देवदत्तको अर्धशतक पञ्जावले दियो बेङ्लुरुलाई १५८ रनको लक्ष्य एसियन इ-स्पोर्टस च्याम्पियनसिपमा १३ राष्ट्रले सहभागिता जनाउने बेङ्लुरुविरुद्ध ब्याटिङ गर्दै पञ्जाव अंक दूरी घटाउँदै श्री भगवती ‘सी’ डिभजनका ९ क्लबलाई मताधिकार गुजरातका कप्तान शुभमन गिललाई १२ लाख जरिवाना शीर्ष स्थानमा उक्लने पञ्जावको लक्ष्य चितवन र पोखरा भिड्दै ललितपुरले रेफ्रीको निर्णयविरुद्ध अपिल गर्ने

महिला यु-१९ विश्वकप क्रिकेट भरतपुरमा खेलाउने महानगर प्रमुख दहालको इच्छा

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सन् २०२७ को आइसिसी महिला यु-१९ विश्वकप क्रिकेट प्रतियोगिता भरतपुरको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेलाउने इच्छा रहेको बताएकी छन् । 

शुक्रबार लोकतान्त्रिक खेलकुद संघले भरतपुरमा आयोजना गरेको मैयाँदेवि स्मृति यु-१९ प्रदेश स्तरीय क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख दाहालले नेपाल क्रिकेट संघ (क्यान) लाई यसका लागि आवश्यक वातावरण मिलाउन अनुरोध गरेकी हुन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले निकालेको तालिकाअनुसार सन् २०२७ को  महिला यु-१९ विश्वकप नेपाल र बंगलादेशमा हुनेछ । 

प्रमुख दाहालले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी निर्माण कार्यका लागि माघ महिनाभित्रै ठेक्का आह्वान हुने जानकारी दिइन् । यसका लागि वागतमी प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले केही दिनमा बजेट विनियोजन गर्ने पनि उल्लेख गरिन्  ।

बागतमी प्रदेश सरकार र भरतपुर महानगरपालिकाको साझेदारीमा १ अर्ब रुपैयाँ लगानीमा बाँकी निर्माण कार्य अगाडि बढाउने सम्झौता भएको छ ।

यस्तै नेपाल सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालासहित नेपालका तीन रंगशालालाई राष्ट्रिय गौरबको आयोजनामा समावेश गरेको छ ।

प्रमुख दाहालले भरतपुर महानगरपालिकाले खेलकुद क्षेत्रमा ठुलो लगानी गरेकाले खेल विधामा नेपालको ७ सय ५३ पालिका मध्ये प्रथम स्थान हासिल गरी पुरस्कृत भएको स्मरण गराइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुर बहादुर चन्दले एक वर्षभित्र गौतम बुद्ध क्रिकेट रंगशालाका दुई वटै मैदानमा खेल खेल्न मिल्ने गरी काम हुन लागेकोमा खुसी व्यक्त गरे ।

शुक्रबार भएको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशलाई सात विकेटले स्तब्ध बनाउँदै गण्डकी प्रदेशले विजयी सुरुआत गरेको छ ।

सुदुरपश्चिमले दिएको ५८ रनको लक्ष्य गण्डकीले १०.५ बलमा तीन विकेट गुमाएर पूरा गर्यो। गण्डकीको जितमा सीमाना केशीले अविजित २० रन बनाइन् । सुदुरपश्चिमकी अनु कडायत र जानका थापाले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको सुदुरपश्चिमले १६.१ ओभरमा ५७ रनमै समेटिएको थियो । सुदूरपश्चिमका लागि सावित्री धामीले १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

गण्डकीकी निरुता जिटी एक्लैले चार ओभरमा एक मेडनसहित मात्र चार रन खर्चिदै  चार विकेट लिइन् । यसैगरी ज्योत्सनिका मरासिनीले दुई तथा आकृति तिवारी र सीमाना केसीले समान एक विकेट लिइन् । 
 


भिडियो
HIGHLIGHTS - NPC VS SPC II Lumbini Cup women's international invitation Football
NPC VS SFC POST MATCH CONFERENCE LUMBINI CUP
NPC VS SFC POST MATCH CONFERENCE LUMBINI CUP
HIGHLIGHTS - TAFC VS SPFA II Lumbini Cup women's international invitation Football
TAFC VS SPFA POST MATCH CONFERENCE LUMBINI CUP
TAFC VS SPFA POST MATCH CONFERENCE LUMBINI CUP
Aron Thapa को परिवारले लगाएको आरोपमा कुनै सत्यता छैनः JHAPA FC