आयुशा र असबसम्राटलाई स्वर्ण पदक

काठमाडौं, (खेलाडी)- आयुशा जिसी र असबसम्राट हाडाले दोश्रो टिम टेनिस नेपाल जेटिआई जुनियर ओपन टेनिस प्रतियोगितामा बिहीबार स्वर्ण पदक जितेका छन् ।

नौं वर्षमुनिको छात्रा एकलको फाइनलमा आयुशाले मेरिशा थापालाई ४-१, ४-० को सोझो सेटमा पराजित गरिन् । १० वर्षमुनिको छात्र फाइनलमा असबले साम्खाहाङ राईलाई ५-७, ६-३, १०-७ को सेटमा हराए ।

टिम टेनिस नेपालद्वारा आयोजित प्रतियोगिताको १६ वर्षमुनि छात्रातर्फ शुभाङ्गीलक्ष्मी शाह, सर्वानी श्रेष्ठ, सुनिरा थापा र जेनी खड्काले सेमिफाइनलको यात्रा तय गरेका छन् । 

यसैगरी सोही उमेर समूहको छात्रतर्फ अकीजुवेन रावत, निश्चल कायश्थ, आर्यन गिरी र निहालजेबी थापाले अन्तिम चारमा स्थान सुरक्षित गरे ।

१२ वर्षमुनिको छात्रा एकलमा समृद्धि महर्जन र कर्मिस्था श्रेष्ठले फाइनलमा स्थान पक्का गरे । छात्र युगलमामा राजवीर प्रधान र प्रणव मानन्धरको जोडी सेमिफाइनल पुग्यो ।