काठमाडौं, (खेलाडी)- प्रकाश पराजुली र कुमार पन्तको जोडीले बिहीबार दोस्रो रनिङ सिल्ड पुरुष युगल ब्याडमिन्टन प्रतियोगिताको अन्तिम आठमा स्थान पक्का गरेको छ ।
मनकामना टोल सुधार समाज र शितलनगर टोल सुधार समितिको आयोजनामा गोठाटारको बिष्ट गाउँमा भइरहेको प्रतियोगितामा प्रकाश र कुमारको जोडीले दीपक लामा र भवानी थापाको जोडीलाई २१-११, २१-१५ को सोझो सेटमा पराजित गर्यो ।
प्रतियोगितामा टंक पराजुली र विश्व पौडेलको जोडीले बाबुराम ढकाल र भुवल तामाङको जोडीलाई २१-१७, २१-१६ को सेटमा हराउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्यो । यसैगरी कृष्ण खतिवडा र विकास न्यौपानेको जोडी पनि अन्तिम आठ पुगेको छ । असोज २३ गतेसम्म चल्ने प्रतियोगितामा १२ जोडी सहभागी छन् ।
भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
