ग्रिन्फिल्ड अन्तरविद्यालय बास्केटबल

ग्रिनफिल्ड क्वार्टरफाइनलमा

काठमाडौं । आयोजक ग्रिनफिल्ड नवौं ग्रिन्फिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा मंगलबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

बाफलस्थित घरेलु कोर्टमा ग्रिनफिल्डले नेरिकलाई ३७-२९ ले हरायो । ग्रिनफिल्डका अर्जुन बस्नेतले १६ अंक जोडे ।

सिनियर ब्वाइजमै जेनिथले पिपुल्स एकेडेमीलाई ३२-१२, ग्रिनल्यान्डले कान्तिपुरलाई ३९-१५, रेडिअन्टले काठमाडौं जेभियरलाई ५६-४१, ब्राइट होराइजनले ज्ञान निकेतनलाई ४४-३८, किङडम हिमालयले पुष्पसदनलाई ४४-३९ र हार्टल्यान्डले इडेन ब्रिज एकेडेमीलाई ३९-३४ ले हराउदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे ।

जुनियर ब्वाइजमा लालीगुराँस एकेडेमीले ग्रिनफिल्डलाई २०-१६ तथा संस्कृतिले पिपुल्सलाई १८-१४ ले पाखा लगाउदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे ।

सिनियर गर्ल्स मा काष्ठमण्डपले हिमालयनलाई २२-१० ले पन्छ्याउदै क्वार्टरफाइनल यात्रा तय गर्यो ।