यु-१८ राष्ट्रव्यापी अन्तर स्थानिय तह बास्केटबल

यु-१८ बास्केटबलः अन्नपूर्ण सेमिफाइनलमा

काठमाडौं । कास्की र म्याग्दीका अन्नपूर्ण गाउँपालिका दोश्रो कीर्तिपुर नगरपालिका यु-१८ राष्ट्रव्यापी अन्तर स्थानिय तह पुरुष बास्केटबल यु-१८ राष्ट्रव्यापी अन्तर स्थानिय तह पुरुष बास्केटबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।  

कास्कीको अन्नपूर्णले बुटवल उपमहानगरपालिकालाई ६१-५२ ले पराजित गर्यो । अन्नपूर्णको जितम केशव पुनले २१ अंक योगदान गरे ।

सुजन परियारको २० अंक सहयोगमा साविक विजेता  म्याग्दीको अन्नपूर्णले भक्तपुर नगरपालिकालाई ९५-२९ ले हरायो ।

कीर्तिपुर नगरपालिकाको आयोजनामा भइरहेको प्रतियोगितामा नागार्जुन नगरपालिका र आयोजक कीर्तिपुर नगरपालिका पनि सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे ।

नागार्जुनले काभ्रेको पाँचखाल नगरपालिकालाई ८८-७२ ले निरास बनायो। नागार्जुनका प्रनिश तिमल्सिनाले २४ स्कोर गरे । कीर्तिपुरले ललितपुर महानगरपालिकालाई ७१-६८ ले हरायो । कीर्तिपुरका शभम सैंजुले १८ अंक बटुले ।

सेमिफाइनलमा कीर्तिपुरले म्याग्दीको अन्नपूर्ण तथा कास्कीको अन्नपूर्णले नागार्जुनको सामना गर्नेछन् ।