वाफ वुमन्स च्याम्पियनसिप

सावित्रा चम्किँदा पहिलो हाफमा नेपाललाई फराकिलो अग्रता

काठमाडौं । नेपालले वेष्ट एसियन फुटबल महासंघ (वाफ) वुमन्स च्याम्पियनसिपको दोस्रो खेलमा इराकविरुद्ध पहिलो हाफमा ४-० को अग्रता लिएको छ ।

साउदी अरेबियाको जेदाहस्थित किङ अब्दुल्लाह स्पोर्टस सिटी रंगशालामा जारी खेलमा नेपालका लागि चारै गोल सावित्रा भण्डारीले गरिन् ।

खेलको १४औं मिनेटमा सावित्राको गोलमार्फत नेपालले अग्रता लिएको थियो । दुई मिनेटपछि नै सावित्राले ब्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाइन् ।

३७औं मिनेटमा सावित्राले  ह्याट्रिक पूरा गरिन् । ४४औं मिनेटमा सावित्राले ब्यक्तिगत तथा टोलीका लागि चौथो गोल गरिन् । 

नेपाल लगातार दोस्रो जित निकाल्ने दाउमा छ । समूह ‘बी’ को पहिलो खेलमा नेपालले सिरियालाई ४-१ ले हराएको थियो ।