अर्किड कप

अर्किड कपको सेमिफाइनल समिकरण पूरा

काठमाडौं । अर्किड स्कुलको आयोजनामा भइरहेको आठौं अर्किड कप अन्तर विद्यालय जुनियर छात्र फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।

शुक्रबार हुने सेमिफाइनलमा ब्रम्हकुञ्जले गेटवे एकेडेमी तथा गोल्डेन बडले माउन्ट सेबको सामना गर्नेछन् ।

क्वार्टरफाइनलमा ब्रम्हकुञ्जले श्री सञ्जय साइलाई २-१ ले पराजित गर्यो । ब्रम्हकुञ्जका प्रयास गुरुङ र आदित्य श्रेष्ठले एक गोल गरे । गेटवेले अक्षरिकालाई ४-१ ले हरायो । गेटवेका कृजल श्रेष्ठले २ तथा रजत बस्नेत र उत्सव कार्कीले समान एक गोल गरे । अक्षरिकाका निशान्त थापाले सान्त्वना गोल गरे ।

गोल्डेन बडले बाल गीताञ्जलीमाथि ५-० को फराकिलो जित दर्ता गर्यो । गोल्डेन बडका कान्जोक लामा र चन्दन ठाकुरले दुई तथा सिवेन सुनुवराले एक गोल गरे । माउन्ट सेबले त्रिज्योतिलाई पेनाल्टी सुटआउटमा ४-३ ले हरायो । निर्धारित समयको गोलरहित बराबरीमा सकिएको थियो ।