फाल्गुन ६, २०८२ बुधबार | १५:१८:१३
नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान प्लानिङलाई हराउँदै उज्वेकिस्तानको आभा आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा दीपेन्द्रको ऐतिहासिक अर्धशतकमा नेपालको जित स्कटल्याण्डले दियो नेपाललाई १ सय ७१ रनको लक्ष्य ट्वान्टी-२० विश्वकप: पूर्व च्याम्पियन अस्ट्रेलिया समूह चरणबाटै आउट चर्च ब्वाइजलाई हराउँदै संकटा सेमिफाइनलमा समरा बने विश्वकपमा शतक बनाउने पहिलो एसोसिएट खेलाडी क्यानाडालाई हराउदै न्युजिल्याण्ड सुपर ८ मा नेपाललाई हराउदै भारत ए सेमिफाइनलमा भारत ए विरुद्ध नेपाल ७८ रनमा अल आउट नामिबियालाई हराउँनै पर्ने दबाबमा पाकिस्तान प्लानिङलाई हराउँदै उज्वेकिस्तानको आभा आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा दीपेन्द्रको ऐतिहासिक अर्धशतकमा नेपालको जित स्कटल्याण्डले दियो नेपाललाई १ सय ७१ रनको लक्ष्य ट्वान्टी-२० विश्वकप: पूर्व च्याम्पियन अस्ट्रेलिया समूह चरणबाटै आउट चर्च ब्वाइजलाई हराउँदै संकटा सेमिफाइनलमा समरा बने विश्वकपमा शतक बनाउने पहिलो एसोसिएट खेलाडी क्यानाडालाई हराउदै न्युजिल्याण्ड सुपर ८ मा नेपाललाई हराउदै भारत ए सेमिफाइनलमा भारत ए विरुद्ध नेपाल ७८ रनमा अल आउट

कोर्स रेकर्डसहित भुवन शीर्ष स्थानमा कायमै

पोखरा । पूर्व नम्बर एक प्रो गल्फर भुवन नगरकोटी सूर्य नेपाल गल्फ टुर २०२३\२४ अन्तर्गतको चौंथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन कोर्स रेकर्ड सहित शीर्ष स्थानमा कायमै छन्।

पोखरास्थित हिमालयन गल्फ कोर्समा ७-अन्डर ६२ को रेकर्ड सहित भुवनले ३६ होलको समाप्तीमा १०-अन्डर १२८ को उत्कृष्ट प्रदर्शन गरे। । उनले सन् २०१७ मा शिवराम श्रेष्ठले बनाएको ६-अन्डर ६३ को रेकर्ड तोडेका हुन्।

भुवनले रवि खड्का र एमेच्योर ल्फर सदभाव आचार्यमाथि ११ स्ट्रोकको सानदार अग्रता बनाउँदै उपाधि जित्ने सम्भावनालाई मजबुत बनाएका छन। समग्रमा १-ओभर १ सय ३९ को नतिजामा रवि र राष्ट्रिय गल्फ टिमका सदस्य सदभाव संयुक्तरुपमा दोस्रो स्थानमा छन। रबिले १-ओभर ७० र  सदभावले ३-ओभर ७२ मा दोस्रो दिनको खेल सकाए।

समग्रमा ४-ओभर १ सय ४२ सहित धरानका प्रो निरज तामाङ चौथो स्थानमा रहे। उनले आज ४-ओभर ७३ को कार्ड तयार पारे। प्रदीप कुमार लामा र दीपक मगरले समग्रमा ६-ओभर १ सय ४४ को नतिजामा पाँचौ स्थान बाँडे। प्रदीपले इभन-पार ६९ र दीपकले ३-ओभर ७२ मा दोस्रो दिनको खेल पुरा गरे।

यसैगरी जयराम श्रेष्ठ, शिवराम पौडेल, दल बहादुर लामा, बलभद्र राई र एमेच्योर सुन्दर राई समग्रमा ७-ओभर १ सय ४५ सहित संयुक्तरुपमा सातौं स्थानमा रहेका छन। जयरामले १-अन्डर ६८, शिवराम पौडेलले २-ओभर ७१, दल बहादुरले ३-ओभर ७२ तथा बलभद्र र सुन्दरले समान ४-ओभर ७३ स्कोर गरे।

भुबहादुर गुरुङ, भुवनकुमार रोक्का, पशुपति शर्मा, सञ्जय लामा, दिनेश प्रजापती, युवराज भुजेल, टंकबहादुर कार्की, सुर्य प्रसाद शर्मा, कृष्णमान राजबाहक, रामे मगर, सञ्जीवबहादुर नेपाली, धनबहादुर थापा तथा एमेच्योर प्रज्वल गुरुङ, सुरेश तामाङले कट बनाएका छन्।

३६ होलको समाप्तीमा १४-ओभर १५२ स्कोर दर्ज गरेका २१ प्रोफेसनल र चार एमेच्योर खेलाडीले कट बनाएका छन्। ५४ होलको तीन दिने प्रतियोगिताको अन्तिम १८ होलको खेल शुक्रबार हुनेछ।

एसिया क्षेत्रकै कठिन मध्येको एक मानिएको हिमालयन गल्फ कोर्समा भुवनले बोगी रहित कार्ड बनाउने क्रममा सात वटा बर्डी दर्ज गरे। पहिलो, चौथो र नवौं होलमा एक(एक सट बचाउँदा फ्रन्ट नाइन ३-अन्डर ३१ मा पुरा गरे। यही लयलाई निरन्तरता दिदै उनले ११औं, १४औ, १५औं र १८ औं होलमा बर्डीको सफलता प्राप्त गदै ब्याक नाइन ४-अन्डर ३१ मा सकाए।

यो लोभलाग्दो प्रदर्शनमा भुवन करियरको ११औं उपाधि नजिक पुगेका छन्। सन २०२२ को डिसेम्बरमा सुर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेपछि भुवन उपाधिविहिन छन्। 
रविले सुरुआत राम्रो गर्न सकेनन्। छैटौं, सातौं र नवौं होलको बोगीले फ्रन्ट नाइन ३-ओभर ३७ मा सकाए। यसपछि ब्याक नाइनमा भने सम्हालिदै २-अन्डर ३३ मा पुरा गरे। उनले १३औं होलमा एक सट खेर फाले भने १०औं‌, १२औं र १४औं होलमा बर्डी प्रहार गरे।

एमेच्योर सदभावले फ्रन्ट नाइन १-ओभर ३५ मा सकाए। पहिलो देखि आठौं होलसम्म पार बचाएका उनले ४-पारको नवौं होलमा एक सट खेर फाले। ब्याक नाइन भने नाटकीय बन्यो। १०औं र ११औं होलमा लगातार डबल बोगी र १२औं होलमा बोगी खेप्दा सदभाव ६-ओभरको स्थितिमा पुगिसकेका थिए। तर यसपछि उनले १३औं, १४औं र १५औं होलमा लगातार तीन बर्डी प्रहार गरे।

निरजले छैटौं होलको बर्डीको मद्दतमा फ्रन्ट नाइन १-अन्डर ३३ मा सकाए। तर ब्याक नाइनमा निराशाजनक प्रदर्शन गरे। १०औं होलमा बर्डी प्रहार गरेपनि ११औ, १६औं र १७औं होलमा बोगी र ४-पारको १३औं होलमा ट्रीपल बोगी खेपे। ब्याक नाइन ५-ओभर ४० मा सकाउन बाध्य भए। 

सूर्य नेपाल वेस्टर्न ओपनमा ३५ प्रोफेसनल र १५ एमेच्योर खेलाडीको सहभागीता छ।

एमेच्योर गल्फर भरत थापामगरले लगातार दोस्रो दिन होल इन वानको सफलता प्राप्त गरेकाछन्। उनले आज ३-पारको सातौं होलमा यो सफलता प्राप्त गरे। हिजो उनीसँगै विदुर तामाङले चौथो होलमा होल इन वान प्रहार गरेका थिए।

 


भिडियो
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS SANKATA FC || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||