अक्षरा कप अन्तर विद्यालय बास्केटबल प्रतियोगिता

अक्षरा कप: गेटवे, बिआइएस र विद्या विकासलाई तेस्रो स्थान

काठमाडौं । गेटवे एकेडेमी, बौद्ध इन्टरनेसनल स्कुल (बिआइएस) र विद्या विकास प्रथम अक्षरा कप अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा बुधबार तेश्रो भएका छन् । 

गेटवेले सिनियर ब्वाइज, बिआइएसले सिनियर गर्ल्स र विद्या विकासले मिक्स जुनियरमा तेश्रो स्थान हासिल गरेका हुन् ।

काँडाघारीस्थित आयोजक अक्षरा स्कुलको कोर्टमा भएको सिनियर ब्वाइजको खेलमा गेटवेले शिक्षालय नेपाललाई ५७-४३ ले पराजित गर्यो । गेटवेका रोहन महतले १२ अंक जोडे ।

सिनियर गर्ल्समा बिआइएसले शिक्षालयलाई २३-१२ ले हरायो । विजयी टिमका लागि पलिस्था श्रेष्ठले  नौ स्कोर गरिन् । मिक्स जुनियरमा विद्या विकासले अक्षरामाथि २८-१२ को जित दर्ता गर्यो । विद्या विकासका कुशल बुढाथोकीले आठ स्कोर गरे ।

प्रतियोगिताको फाइनल बिहीबार हुनेछ । तीनै विधामा भ्याली पब्लिक भ्याली पब्लिक फाइनलमा पुगेको छ । भ्याली पब्लिकले सिनियर ब्वाइजमा अक्षरिका, सिनियर गर्ल्समा नेमोनिक र मिक्समा आलोक विद्याश्रमसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।