मकवानपुर गोल्डकप

रोमाञ्चक जित निकाल्दै एनआरटी फाइनलमा

फाइल तस्बिर

काठमाडौं । धनकुटाको रारा क्लब, राजारानीलाई सडन डेथमा १७-१६ले पराजित गर्दै न्युरोडटिम (एनआरटी) हेटौंडामा जारी छैठौं स्थानीय तह शहिद स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण मकवानपुर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । इलाम गोल्डकप पछि एनआरटीको यो लगातार दोस्रो फाइनल हो ।

गौरीटार रंगशालामा बुघबार निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो ।

पेनाल्टी सुटआउटमा दुवै टोलीबाट १९-१९ प्रहार भएको थियो । एनआरटीका गोलकिपर प्रिसोले राराका दुई पेनाल्टी प्रहार बचाएका थिए । 

बिहीबार हुने दोस्रो तथा अन्तिम सेमिफाइनलमा एपिएफ फुटबल क्लब र बागमती युवा क्लब,सर्लाही  प्रतिस्पर्धा गर्नेछन् ।