भ्याली पब्लिक अन्तर विद्यालय बास्केटबल

अन्तर विद्यालय बास्केटबलः हिमरश्मि र गोल्डेनपिकको जित

भ्याली पब्लिक अन्तर विद्यालय बास्केटबलको सिनियर गर्ल्समा प्रतिस्पर्धा गर्दै खेलाडी

काठमाडौं । हिमरश्मि र गोल्डेनपिकले १६ औं भ्याली पब्लिक अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा सोमबार जित हात पारेका छन् ।

भंगालस्थित आयोजक भ्याली पब्लिकको कोर्टमा भएको प्रतिस्पर्धामा हिमरश्मिले भद्रकालीलाई २०-१५ तथा गोल्डेनपिकले एन्जल्स हार्टलाई ३४-२७ ले पराजित गरे ।

जुनियर ब्वाइजमै सेबले ग्रिनल्यान्डलाई १७-१४, भ्याली पब्लिकले लालीगुराँस नेसनल एकेडेमी (एलएनए) लाई २१-१६ र नेसनल युनाइटेडले प्रारम्भलाई १८-१३ ले हराए ।

सिनियर ब्वाइजमा ग्रिनल्यान्डले भ्याली पब्लिकलाई ५७-४९,एलआरआइले साइपाल एकेडेमीलाई ३८-२४, लिटिल एन्जल्स (एलए)ले हिमालयलाई ३०-२४ र गोल्डेनपिकले बेम्सलाई ४६-३९ ले स्तब्ध बनाए ।

सिनियर गर्ल्समा बेम्सले एलएलाई १९-१५, एचएचसीएले बसुन्धरा नेसनल एकेडेमी (बिएनए)लाई २६-२०, रिलायन्सले प्रारम्भलाई २९-२० र साइपालले डिएभीलाई १६-१३ ले पराजित गरे ।