एनप्याब्सन खेलकुद सप्ताह

एनप्याब्सन खेलकुद सप्ताहः ग्रिनविच सेमिफाइनलमा

एनप्याब्सन खेलकुद सप्ताहअन्तर्गत फुटसलको उद्घाटन गरिदै

काठमाडौं । ग्रिनविच एकेडेमी एनप्याब्सन खेलकुद सप्ताहअन्तर्गत ब्वाइज फुटसलमा सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

कपनस्थित दीक्षालय नेपाल फाउन्डेसनमा भएको खेलमा ग्रिनविचले काठमाडौं स्कुल अफ सेन्ट्रल स्टेटलाई १-० ले पराजित गर्यो । प्रशान्ति, बोधीसदन र दिब्यज्ञानले क्वार्टरफाइनलमा स्थान पक्का गरे । विभूति र मान्डु प्रिक्वार्टरफाइनलमा पुगे ।

एनप्याब्सन काठमाडौं जिल्ला कार्यसमितिको आयोजनामा भइरहेको खेलकुद सप्ताहको फुटसलमा ४८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । फुटसलको फाइनल मंगलबार हुनेछ ।

विभिन्न ५ खेल समावेश खेलकुद सप्ताहअन्तर्गत टेबल टेनिस, एथलेटिक्स र टग अफ वार सम्पन्न भइसकेको छ ।