चैत्र १४, २०८१ बिहीबार | १५:२८:३२
एसियन कप छनोटः नेपाल समूह ‘एफ’ मा बिनम श्रेष्ठ यु-१९ टोलीको सहायक प्रशिक्षक जेसिका पेगुला सेमिफाइनलमा आइपिएलः हैदराबादको लक्ष्य लगातार दोस्रो जित लियोन सेमिफाइनलमा, बाहिरियो बायर्न म्युनिख बार्सिलोनालाई खेलाडीको फिटनेस चिन्ता रियाललाई हराउँदै आर्सनल सेमिफाइनलमा कोलकाताको पहिलो जित इददोस्तोन जाफारोभ र बिएस्सी न्याक्वे पोखरामा अनुबन्ध पञ्चकन्या जिल्लास्तरीय क्रसकन्ट्री दौड चैत ३० गते हुने एसियन कप छनोटः नेपाल समूह ‘एफ’ मा बिनम श्रेष्ठ यु-१९ टोलीको सहायक प्रशिक्षक जेसिका पेगुला सेमिफाइनलमा आइपिएलः हैदराबादको लक्ष्य लगातार दोस्रो जित लियोन सेमिफाइनलमा, बाहिरियो बायर्न म्युनिख बार्सिलोनालाई खेलाडीको फिटनेस चिन्ता रियाललाई हराउँदै आर्सनल सेमिफाइनलमा कोलकाताको पहिलो जित इददोस्तोन जाफारोभ र बिएस्सी न्याक्वे पोखरामा अनुबन्ध पञ्चकन्या जिल्लास्तरीय क्रसकन्ट्री दौड चैत ३० गते हुने

एक्सेल्सियर कपः रिब्स र काष्ठमण्डप फाइनलमा

काठमाडौं । रिब्स र काष्ठमण्डप १० औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलको सिनियर गर्ल्समा आइतबार फाइनलमा प्रवेश गरेका छन् ।

रिब्सले आयोजक द एक्सेल्सियर स्कुललाई १४-७ ले पराजित गर्यो । रिब्सको जितमा सुजिना लामाले ६ अंक योगदान गरिन् । आस्ना अर्यालको १८ अंक सहयोगमा काष्ठमण्डपले संस्कृतिलाई ४५-१२ ले हरायो ।

सिनियर ब्वाइजमा रेडियन्ट पब्लिक र जेनिथले उपाधि भिडन्त पक्का गरे । रेडियन्टले पुष्पसदनलाई ६२-३३ ले स्तब्ध बनायो । रेडियन्टका रोहित चौधरीले २८ स्कोर गरे । ग्रिनफिल्डविरुद्धको खेलमा जेनिथ ६२-३६ ले विजयी भयो । जेनिथका अनिश गुरुङले १४ अंक बटुले ।

ब्वाइज फुटसल 
द एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलमा पनि उपाधिका लागि भिड्ने टोलीको टुंगो लागेको छ । यु-१२ मा मोर्डन इन्डियन स्कुल (एमआइएस) र बृहस्पति विद्या सदन फाइनलमा पुगे ।

एमआईएसले द चाँदबागलाई ४-० ले पराजित गर्यो । एमआइएसका लागि चारै गोल रफिक महर्जनले गरे । बृहस्पतिले रेडियन्ट पब्लिकलाई २-० ले हरायो । बृहस्पतिका श्रीयान पौडेल र सार्थक उपाध्यायले समान १ गोल गरे ।

यु-१३ मा काष्ठमण्डप र रेडियन्ट पब्लिक फाइनलमा पुगे । काष्ठमण्डपले बृहस्पतिलाई ५-१ ले निरास बनायो । काष्ठमण्डपका पल्लव ढकाल, सुप्रिमप्रताप बोहरा, सहज दाहाल, आरम्भ श्रेष्ठ र अनुजजंग कुँवरले समान १ गोल गरे । बृहस्पतिका स्नुप अधिकारीले सान्त्वना गोल फर्काए । रेडियन्टले निर्भाना एकेडेमीलाई २-० गोलले पन्छायो । रेडियन्टका लागि दुवै गोल प्रिन्स बिडारीले गरे ।

यु-१६ मा काष्ठमण्डप र न्यु एरा उपाधिका लागि भिड्ने भएका छन् । काष्ठमण्डपले एक्सेल्सियरमाथि २-० को जित दर्ता गर्यो । काष्ठमण्डपका रिवाज गुरुङ र मानव सुब्बाले समान १–१ गोल गरे । न्यु एराले ग्रिनफिल्डलाई पेनाल्टी सुटआउटमा ३-२ ले हरायो । निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो । प्रतियोगिता सोमबार सम्पन्न हुनेछ ।


भिडियो
एनएसएलपछि मात्रै सहिद स्मारक 'बी' डिभिजन लिग खेल्छुः SAMIR TAMAG
TU CRICKET GROUND को काम तीव्र गतिमा अघि बढ्दै
TU मैदान तोकिएकै समयमा उद्घाटन गर्छौ : PRAKASH MAN SINGH , TEJU LAL CHAUDHARY II CRICKET
युवराज लामाको थिचोमिचो सहन सकिँन: Biplav Lal Shrestha || Karate || Gold Medalist ||
HIGHLIGHTS - CHURCH BOYS VS KAKARVITTA FTC II MECHINAGAR GOLDCUP FINAL II CHURCH BOYS WON BY 1-0
CHURCH BOYS UNITED FC VS KAKARVITTA FOOTBALL TRAINING CENTER II MECHINAGAR GOLDCUP FINAL
हाम्रो मुल उद्देश्य राज्यलाई खेलाडी उत्पदन गरेर दिने हो । हामी यसमा सफल छौं । NABARAJ OLI, PRESIDENT