माघ १८, २०८२ आइतबार | १६:३०:२८
त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत

विश्व विद्यालय खेलकुदको ट्रफी तथा लोगो सार्वजनिक

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिताको लोगो तथा रनिङ ट्रफी आइतबार सार्वजनिक गरिएको छ ।

प्रतियोगिता सम्बन्धी जानकारी गराउन आयोजित पत्रकार सममेलनमा राखेपका उपाध्यक्ष एवं प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन कार्यदलका संयोजक शिव कोइरालाले प्रतियोगिताको लोगो र रनिङ ट्रफी सार्वजनिक गरेका हुन् । प्रतियोगिता सोमबारदेखि सुरु हुँदैछ ।

प्रतियोगितामा एथलेटिक्स, भलिबल, टेबल टेनिस र ब्याडमिन्टन गरी ४ खेलको प्रतिस्पर्धा हुनेछ । भलिबलमा छात्र टोलीको मात्र सहभागिता रहने छ ।

एथलेटिक्स त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, ब्याडमिन्टन त्रिपुरेश्वरस्थित राखेपको कभर्डहल, टेबल टेनिस लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्र र भलिबल जावलाखेलस्थित राष्ट्रिय खेलकुद प्रशिक्षण केन्द्रमा खेलाइने छ ।

प्रतियोगितामा विभिन्न १० विश्वविद्यालयका २ सय ८० खेलाडी सहभागी हुनेछन् । एथलेटिक्समा १२, भलिबलमा १ तथा टेबल टेनिस र ब्याडमिन्टनमा समान ५ गरी २३ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

पत्रकार सम्मेलनमा उपाध्यक्ष कोइरालाले सम्बन्धित विश्वविद्यालयका प्रतिनिधिसंगको छलफलपछि ४ खेल समावेश गरिएको बताउदै विश्वविद्यालयहरुले पनि खेलकुदलाई महत्व दिउन् भन्ने उद्देश्यले राखेपले प्रतियोगिताको थालनी गरेको बताए ।

खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले सहभागी सबै विश्वविद्यालयले छनोट प्रतियोगिता सम्पन्न गरिसकेको बताए ।

दुईदिने प्रतियोगिता सञ्चालन गर्न करिब ४० लाख रुपैयाँ खर्च हुनेछ । पत्रकार सम्मेलनमा राखेपका निमित्त सदस्यसचिव प्रकाशकुमार कसारी, राखेपका सदस्य अञ्जन धमला, प्रशासन विभाग प्रमुख प्रेमबहादुर मल्ल, प्रचार प्रसार शाखाका प्रमुख खुशराज दाहाल, कानुन शाखाका प्रमुख नारायणराज अर्याललगायतको उपस्थिति थियो ।
 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।