चैत्र १३, २०८२ शुक्रबार | १०:३८:३८
आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य आइपिएलको दोस्रो चरणको खेलतालिका सार्वजनिक पिएम कप : शीर्षस्थानमा मधेश र लुम्बिनीको नजर डिफेन्डिङ च्याम्पियन लाहोरको विजयी सुरुवात एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य

एनप्याब्सन खेलकुद सप्ताहः विक्रम र पूजालाई स्वर्ण

काठमाडौं । महाकवी देवकोटो मेमोरियल स्कुलका विक्रम विष्ट र माउन्ट ग्लोरीकी पूजा विकले एनप्याब्सन खेलकुद सप्ताहकोएनप्याब्सन खेलकुद सप्ताहको एथलेटिक्सतर्फ १ सय मिटर दौडमा आइतबार स्वर्ण जितेका छन् । विक्रम ब्वाइज तथा पूजा गर्ल्समा पहिलो भएका हुन् ।

एनप्याब्सन काठमाडौं जिल्ला कार्यसमितिद्वारा आयोजित प्रतियोगिताको ब्वाइजमा अभिषेक ज्ञान मन्दिर (एजिएम) का ईश्वर बुढा दोश्रो तथा ज्ञानभूमिका तिलकलाल श्रेष्ठ तेश्रो भए । गर्ल्समा अर्किडकी सेबिका बस्नेतले रजत तथा अर्किडकै सिर्जना जैसीले कांस्य पदक जिते ।

सिनामंगलस्थित एजीएममा भएको २ सय मिटर दौडको ब्वाइजमा वीरसेवाका ओर्निक्स विक पहिलो, महाकवी देवकोटाका विक्रम विष्ट दोश्रो र भीमेश्वर एकेडेमीका कस्विन ढुंगेल तेश्रो भए । उक्त स्पर्धाको गर्ल्समा पिपुल्स एकेडेमीकी अन्जु थापाले स्वर्ण, गणेश हिमालकी पूर्णिमा तामाङले रजत र अर्किडकी सिर्जना जैसीले कांस्य जिते ।

सटपुटको ब्वाइजमा आरुणीका लक्ष्मण बस्नेत पहिलो, एलिजेन्ट पलका निर्मल कठायत दोश्रो र ज्ञानभूमिका विक्रान्त रोका मगर तेश्रो बने । सो स्पर्धाको गर्ल्समा ज्ञानभूमिकी जिसिन्थ राई,  युनिभर्सलकी सुप्रिया गुरुङ  र माइलस्टोनकी कृष्ताशना तामाङ शीर्ष तीनमा रहे ।

टग वारमा मिलन धर्मस्थलीले दोहोरो उपाधि जित्यो । मिलन धर्मस्थली ब्वाइज÷गर्ल्स दुवैमा उपाधि जित्न सफल भयो । ब्वाइज÷गर्ल्स दुवैमा माइलस्टोन उपविजेता बन्यो । ब्वाइजमा भीमेश्वर तथा गर्ल्समा काठमाडौं सेन्ट्रलले तेश्रो स्थान हासिल गरे ।

विभिन्न ५ खेल समावेश खेलकुद सप्ताहअन्तर्गत ३ खेलको प्रतिस्पर्धा सम्पन्न भएको छ । अब ब्वाइज फुटसल र ब्वाइज बास्केटबल हुन बाँकी छ । फुटसल सोमबारदेखि कपनस्थित दीक्षालय फाउन्डेसन नेपालमा हुनेछ । जसमा ४८ प्रतिस्पर्धा गर्ने आयोजकका उपाध्यक्ष एवं अतिरिक्त क्रियाकलाप विभाग प्रमुख प्रेमकुमार भुजेलले जनाएका छन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो