माघ १७, २०८२ शनिबार | १३:१५:१७
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

एनप्याब्सन खेलकुद सप्ताहः विक्रम र पूजालाई स्वर्ण

काठमाडौं । महाकवी देवकोटो मेमोरियल स्कुलका विक्रम विष्ट र माउन्ट ग्लोरीकी पूजा विकले एनप्याब्सन खेलकुद सप्ताहकोएनप्याब्सन खेलकुद सप्ताहको एथलेटिक्सतर्फ १ सय मिटर दौडमा आइतबार स्वर्ण जितेका छन् । विक्रम ब्वाइज तथा पूजा गर्ल्समा पहिलो भएका हुन् ।

एनप्याब्सन काठमाडौं जिल्ला कार्यसमितिद्वारा आयोजित प्रतियोगिताको ब्वाइजमा अभिषेक ज्ञान मन्दिर (एजिएम) का ईश्वर बुढा दोश्रो तथा ज्ञानभूमिका तिलकलाल श्रेष्ठ तेश्रो भए । गर्ल्समा अर्किडकी सेबिका बस्नेतले रजत तथा अर्किडकै सिर्जना जैसीले कांस्य पदक जिते ।

सिनामंगलस्थित एजीएममा भएको २ सय मिटर दौडको ब्वाइजमा वीरसेवाका ओर्निक्स विक पहिलो, महाकवी देवकोटाका विक्रम विष्ट दोश्रो र भीमेश्वर एकेडेमीका कस्विन ढुंगेल तेश्रो भए । उक्त स्पर्धाको गर्ल्समा पिपुल्स एकेडेमीकी अन्जु थापाले स्वर्ण, गणेश हिमालकी पूर्णिमा तामाङले रजत र अर्किडकी सिर्जना जैसीले कांस्य जिते ।

सटपुटको ब्वाइजमा आरुणीका लक्ष्मण बस्नेत पहिलो, एलिजेन्ट पलका निर्मल कठायत दोश्रो र ज्ञानभूमिका विक्रान्त रोका मगर तेश्रो बने । सो स्पर्धाको गर्ल्समा ज्ञानभूमिकी जिसिन्थ राई,  युनिभर्सलकी सुप्रिया गुरुङ  र माइलस्टोनकी कृष्ताशना तामाङ शीर्ष तीनमा रहे ।

टग वारमा मिलन धर्मस्थलीले दोहोरो उपाधि जित्यो । मिलन धर्मस्थली ब्वाइज÷गर्ल्स दुवैमा उपाधि जित्न सफल भयो । ब्वाइज÷गर्ल्स दुवैमा माइलस्टोन उपविजेता बन्यो । ब्वाइजमा भीमेश्वर तथा गर्ल्समा काठमाडौं सेन्ट्रलले तेश्रो स्थान हासिल गरे ।

विभिन्न ५ खेल समावेश खेलकुद सप्ताहअन्तर्गत ३ खेलको प्रतिस्पर्धा सम्पन्न भएको छ । अब ब्वाइज फुटसल र ब्वाइज बास्केटबल हुन बाँकी छ । फुटसल सोमबारदेखि कपनस्थित दीक्षालय फाउन्डेसन नेपालमा हुनेछ । जसमा ४८ प्रतिस्पर्धा गर्ने आयोजकका उपाध्यक्ष एवं अतिरिक्त क्रियाकलाप विभाग प्रमुख प्रेमकुमार भुजेलले जनाएका छन् ।

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।