भ्याली पब्लिक अन्तर विद्यालय बास्केटबल

अन्तर विद्यालय बास्केटबलः ह्वाइट माउन्टेन र बिएमसीए विजयी

भ्याली पब्लिक अन्तर विद्यालय बास्केटबलको सिनियर गर्ल्समा प्रतिस्पर्धा गर्दै खेलाडी

काठमाडौं । ह्वाइट माउन्टेन र बिएमसीएले १६औं भ्याली पब्लिक अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार जित हात पारेका छन् ।

भंगालस्थित आयोजक भ्याली पब्लिकको कोर्टमा ह्वाइट माउन्टेनले नेक्ससलाई २६-२४ ले पराजित गर्यो । ह्वाइट माउन्टेनका मनकार केसीले ११ अंक जोडे ।  बिएमसीएले जेम्सलाई २०-११ ले हरायो । बिएमसीएका विमल गुरुङले ९ स्कोर गरे ।

जुनियर ब्वाइजमै स्कोलर्स होमले ग्रिनल्यान्डलाई १४-६, लालीगुराँस नेसनल एकेडेमीले ग्रिनफिल्डलाई १८-१३, निस्टले स्कोलर्स होमलाई १६-१५, सेबले स्कोलर्स होमलाई नै १९-८, काठमाडौं भ्यालीले एसिया प्यासिफिकलाई १९-१३ र किङडमले क्यान्भासलाई ३३१-२ ले स्तब्ध बनाए ।

सिनियर ब्वाइजमा एलआरआइले टिआइएलाई ३८-३३, बीभीएसले बागमतीलाई २४-२३, गोल्डेनपिकले बिएनएलाई ४४-२०, एचएचसीएले हिमालयनलाई ४१-२०, ग्रिनल्यान्डले रेडिअन्टलाई ४९-३३ र साइपाल एकेडेमीले काठमाडौं ग्लोबललाई ३०-१९ ले हराए ।

सिनियर गर्ल्समा ग्रिनल्यान्डले टिआइएलाई १४-९, काठमाडौं भ्यालीले क्यान्भासलाई १४-९ र इबिएले साइपाललाई २१-१३ ले निराश बनाए ।