चैत्र ७, २०८१ बिहीबार | २१:१६:२३
माइ सेकेन्ड टिचर धनगढीको मुख्य प्रायोजक साहसिक खेल प्रवर्धनका लागि जिरी मेनिया नाइजेरियाका अल्हाजी गेरोले झापाबाट खेल्ने काग्रेसकै कार्यकर्ताले मागे मन्त्री चौधरीको राजीनामा जापान विश्वकपमा छनोट हुने पहिलो राष्ट्र नयाँबस्तीमाथि सरस्वतीको संघर्षपूर्ण जित अस्ट्रेलियाको सहज जित कर्णालीको रोमाञ्चक जित पुलिसको विजयी यात्रा जारी नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपमा १९ खेलाडी माइ सेकेन्ड टिचर धनगढीको मुख्य प्रायोजक साहसिक खेल प्रवर्धनका लागि जिरी मेनिया नाइजेरियाका अल्हाजी गेरोले झापाबाट खेल्ने काग्रेसकै कार्यकर्ताले मागे मन्त्री चौधरीको राजीनामा जापान विश्वकपमा छनोट हुने पहिलो राष्ट्र नयाँबस्तीमाथि सरस्वतीको संघर्षपूर्ण जित अस्ट्रेलियाको सहज जित कर्णालीको रोमाञ्चक जित पुलिसको विजयी यात्रा जारी नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपमा १९ खेलाडी

बास्केटबलमा एक्सेल्सियरको विजयी सुरुआत

काठमाडौं । आयोजक द एक्सिेल्सियर स्कुलले १० औं एक्सेल्सियर कप अन्तर्गत सिनियर ब्वाइज बास्केटबलमा सोमबार विजयी सुरुआत गरेको छ ।

स्वयम्भूस्थित घरेलु कोर्टमा एक्सेल्सियरले विस्डम एकेडेमीलाई ३०-१५ ले पराजित गर्यो ।एक्सेल्सियरका छिरिङ गुरुङले ११ अंक जोडे । 

सिनियर ब्वाइजमै स्वर्णिमले एनआईसी एकेडेमीलाई २१-१५ तथा रेडिअन्ट पब्लिकले होली भिजनलाई ४२-१२ ले हराए ।

बास्केटबलको सिनियर गर्ल्समा स्वर्णिमले न्यु जेनिथलाई १८-७, काष्ठमण्डपले रिब्सलाई २५-१४ र रेडिअन्टले बोधीसत्वलाई १६-६ ले स्तब्ध बनाए।

यसैगरी ब्वाइज फुटसलको यु-१३ मा काष्ठमण्डपले एलआरआइ र निसर्ग वाटिकालाई समान ३-१ तथा फेरिल्यान्डले एक्सेल्सियर ‘निलो’ लाई १-० ले हराए । निर्भाना र बोधीसत्व तथा ल्यान्डमार्क र निर्भानाबीचको खेल गोलरहित बराबरीमा सकियो ।

 फुटसलको ब्वाइज यु-१२ मा सेक्रेड हार्टले स्वस्तिश्री गुरुकुललाई २-१ तथा काष्ठमण्डपले स्वस्तिश्री गुरुकुललाई ५-१ ले पराजित गरे । काष्ठमण्डप र एलआरआइले १-१ तथा एलआरआइ र सेक्रेड हार्टले २-२ को बराबरी खेले ।

ब्वाइज फुटसलको यु-१६ मा काष्ठमण्डपले न्यु एरालाई २-१ र बाल दीक्षा सदनलाई ६-०, न्यु एराले बाल दीक्षा सदनलाई ५-२ तथा चेल्सी वल्र्ड स्कुलले एक्सेल्सियर ‘नीलो’ लाई ३-१ ले हराए । चेल्सी र निसर्ग वाटिकाले गोलरहित बराबरी खेल्दा ल्यान्डमार्क र संस्कृतिबीचको खेल १-१को बराबरीमा टुंगियो ।

प्रतियोगिताको उद्घाटन राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले गरे । सो अवसरमा एक्सेल्सियरका अध्यक्ष शितल राणा, प्रबन्ध निर्देशक राम बस्नेत, प्रिन्सिपल प्रशान्त रजकलगायतको उपस्थिति थियो ।

फुटसलको यु-१२ मा १८, यु-१३ मा २० र यु-१६ मा १२ टोली सहभागी छन् । बास्केटबलको ब्वाइज र गर्ल्स दुवैमा समान १२ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिता माघ २२ गतेसम्म हुनेछ ।
 


भिडियो
TU CRICKET GROUND को काम तीव्र गतिमा अघि बढ्दै
TU मैदान तोकिएकै समयमा उद्घाटन गर्छौ : PRAKASH MAN SINGH , TEJU LAL CHAUDHARY II CRICKET
युवराज लामाको थिचोमिचो सहन सकिँन: Biplav Lal Shrestha || Karate || Gold Medalist ||
HIGHLIGHTS - CHURCH BOYS VS KAKARVITTA FTC II MECHINAGAR GOLDCUP FINAL II CHURCH BOYS WON BY 1-0
CHURCH BOYS UNITED FC VS KAKARVITTA FOOTBALL TRAINING CENTER II MECHINAGAR GOLDCUP FINAL
हाम्रो मुल उद्देश्य राज्यलाई खेलाडी उत्पदन गरेर दिने हो । हामी यसमा सफल छौं । NABARAJ OLI, PRESIDENT
भोलीको फाइनल काकरभिट्टाले नै जित्छ ।I MIN BAHADUR BASNET II FOUNDER PRESIDENT II KAKARVITTA FTC