चैत्र १२, २०८२ बिहीबार | १९:०३:५७
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

अमेरिकामा पर्वतीय खेलकुद संघ गठन

काठमाडौं । साहसिक पर्वतीय खेलकुदको अन्तर्राष्ट्रियस्तरमा प्रवद्धन गर्ने उदेश्यले पर्वतीय खेलकुद संघ अल्पाइन स्पोर्टस एसोसिएसन-नर्थ अमेरिका नेपाल गठन भएको छ ।

अन्तर्राष्ट्रिय माउन्टेन गाइड तथा प्रशिक्षक ङवाङ नीमा शेर्पाको अध्यक्षतामा अमेरिकाको न्युयोर्क राज्यमा गठन भएको सो संस्थाले पर्वतीय खेलकुदमा नेपालीमूलका अमेरिकनलाई ओलम्पिकसम्म पुर्याउने लक्ष्य राखेको छ ।
संस्थाको उपाध्यक्षमा समाजसेवी तथा गाईड पेमा शेर्पा, महासचिवमा पर्वतीय खेलकुद क्षेत्रका परिष्ठ संचारकर्मी सन्जोग आचार्य, सचिवमा सगरमाथा आरोही मिङमा टी शेर्पा र कोषाध्यक्षमा पर्वतारोहण प्रशिक्षक गेल्बु शर्पा छन् । 

त्यसैगरी, सदस्यमा विश्व कीर्तिमानी आरोही छुरीम शेर्पा, सगरमाथा आरोही तासी शेर्पा सगरमाथा आरोही सोनाम शेर्पा, हिमाली खानाका फूड गुरु सुरेश बस्नेत, क्यानडा निवासी आरोही डेन्डी  शेर्पा, सगरमाथा आरोही उषा विष्ट, सगरमाथा आरोही अन्तराष्ट्रिय माउण्टेन गाइड 
नीमा तासी शेर्पा , एथलेटिक्स खेलाडी सोनाम शेर्पा र होटल व्यवसायी विक्रम अधिकारी छन् ।

संस्थाको संरक्षकमा न्यूयोर्कका व्यवसायी तथा समाजसेवी गेल्जेन नुरु शेर्पा छन् ।  शेर्पा केदुगका अध्यक्ष तथा समाजसेवी तेम्बा शेर्पा, होटल व्यवसायी रोशन बालान, कोलाराडोका सफल व्यवसायी तथा समाजसेवी पाइलट पेम्बा शेर्पा र मिचिगन निवासी विश्व कीर्तिमानी आरोही पेमदोर्जी शेर्पालाई प्रमुख सल्लाहकार बनाइएको छ । 

पर्वतीय खेललाई बिस्तार गर्ने उदेश्यले स्थापना भएको संस्थालाई नेपाल ओलम्पिक कमिटी, खेलकुद मन्त्रालय, सगरमाथा आरोही संघ, नेपाल क्लामिड स्पोर्टस एसोसियसन लगायताका सम्बन्धित संघले सहकार्य र समर्थनको प्रतिबद्धता जनाएका छन् ।

स्की, वाल क्लाइम्बिङ, माउण्टेन बाइक, प्याराग्लाइडिड, रक क्लाइमिडलगायत पर्वतीय खेलकुद गतिविधिहरुमा भाग लिने दिने तथा राष्टिय अन्तराष्ट्रिय खेलाडीलाई सहभागिताको लागि प्रोत्साहन गर्ने उदेश्य सो संस्थाले राखेको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो