खुल्ला स्केटबोर्ड च्याम्पियनसिप

खुल्ला स्केटबोर्ड च्याम्पियनसिपः शरद र बसन्तलाई स्वर्ण

काठमाडौं । नेपालका शरद राई र बसन्त राईले जुगाड खुल्ला स्केटबोर्ड च्याम्पियनसिपमा स्वर्ण जितेका छन् ।

भारतको बेङ्लुरुमा भएको प्रतियोगितामा शरदले गेम अफ स्केट तथा बसन्तले वेस्ट रनमा स्वर्ण जितेको नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघका अध्यक्ष अच्युत खनालले जनाएका छन् । बसन्तले दोहारो पदक जित्ने क्रममा गेम अफ स्र्केमा पनि रजत जिते ।

नेपालकै गजेन्द्र वर्देवा ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भएको अध्यक्ष खनालले जानकारी गराए ।

भारतीय स्केटबोर्ड महासंघले आयोजना गरेको तीन दिने प्रतियोगितामा तीनै खेलाडीले नगद पुरस्कारसहित स्केट सामाग्री पुरस्कार स्वरुप प्राप्त गरे ।