च्याम्पियन मार्शल आर्ट एकेडेमी

ड्रेसडेन ओपनमा सहभागी हुने टोलीको विदाइ

काठमाडौं । च्याम्पियन मार्सल आर्ट्स एकेडेमीका कार्यकारी प्रमुख सुशिला लामाको नेतृत्वमा चार सदस्यीय टोली ड्रेसडेन ओपनमा सहभागीको लागी जर्मन प्रस्थान गर्ने भएको छ ।

टोली बिहीबार जर्मन प्रस्थान गर्दैछ । एकेडेमीका खेलाडी सायाङ्ग लामाले जनवरी २५ मा हुने प्रतियोगिताको ३६ं केजी माथि तौल समुहअन्तर्गत कुमुतेमा प्रतिस्पर्धा गर्नेछिन् ।   । यसैगरी डिगम्वरप्रसाद पन्तले प्रशिक्षकको भुमिका निर्वाह गर्नेछन् ।

टोलीलाई बुधबार नेपाल कराते महासंघका महासचिव तथा सितोरियो कराते संघका अध्यक्ष दावा गुरुङको प्रमुख आतिथ्यमा ज्याकेट वितरण गरी विदाइ गरिएको छ ।

सोही अवसरमा सातौं साउथ एसियन कराते प्रतियोगितामा यु-२१ को ६५ केजीमुनिमा नेपाललाई रजत पदक दिलाउने एकेडेमीका खेलाडी अनिल बरामलाई एक थान ज्याकेट र सम्मान पत्रले सम्मान गरिएको थियो  ।