माघ २, २०८२ शुक्रबार | १४:२६:१८
बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै अंक दूरी घटाउँदै एसि मिलान बार्सिलोना क्वार्टरफाइनलमा सुखद सुरुआतको लक्ष्यमा नेपाल साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पाकिस्तानको रोमाञ्चक जित सूर्य नेपाल इस्टर्न ओपन गल्फमा दोस्रो दिन पनि निरज अगाडि केएमसी बास्केबटबलको सेमिफाइनलमा गोल्डेनपिक र मार्वलस एन्फा राष्ट्रिय लिगः लालिगुराँसको जितमा राजको निर्णायक गोल अदालतको आदेशले पनि रोकिएन एन्फाः निर्वाचन कार्यालयमा धमाधम चुनावी प्रक्रिया, बिहीबारसम्ममा दुई दर्जनभन्दा बढि उम्मेदवारी फारम वितरण बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै अंक दूरी घटाउँदै एसि मिलान बार्सिलोना क्वार्टरफाइनलमा सुखद सुरुआतको लक्ष्यमा नेपाल साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पाकिस्तानको रोमाञ्चक जित सूर्य नेपाल इस्टर्न ओपन गल्फमा दोस्रो दिन पनि निरज अगाडि केएमसी बास्केबटबलको सेमिफाइनलमा गोल्डेनपिक र मार्वलस एन्फा राष्ट्रिय लिगः लालिगुराँसको जितमा राजको निर्णायक गोल अदालतको आदेशले पनि रोकिएन एन्फाः निर्वाचन कार्यालयमा धमाधम चुनावी प्रक्रिया, बिहीबारसम्ममा दुई दर्जनभन्दा बढि उम्मेदवारी फारम वितरण

सूर्य नेपाल इस्टर्न ओपनः शुक्रलाई एकल अग्रता

धरान । सूर्य नेपाल गल्फ टुर २०२३/२४ को तेस्रो प्रतियोगिता, सूर्य नेपाल इस्टर्न ओपनको पहिलो दिन नेपाल नम्बर एक गल्फर शुक्रबहादुर राईले ३-अन्डर ६७ को स्कोरसहित एकल अग्रता लिएका छन्।

साविक विजेता शुक्रले नीरज तामाङलाई १८ होलको समाप्तीमा एक स्ट्रोकले पछि पारे। २-अन्डर ६८ सहित नीरज तामाङ दोस्रो स्थानमा छन्।

एमेच्योरद्धय युवराज भुजेल र पदम हाङ संयुक्तरुपमा तेस्रो स्थानमा रहे। उनीहरूले १-अन्डर ६९ स्कोर गरे। पुर्व नम्बर एक  भुवन नगरकोटी इभन-पार ७० सहित पाँचौ स्थानमा र १-ओभर ७१ स्कोरमा रामे मगर छैटौं स्थानमा छन्।

स्थानीय प्रो सबिन सापकोटा र देवराज पाख्रीनले २-ओभर ७२ सहित संयुक्तरुपमा सातौं स्थान बाँडे। भेट्रान गल्फर दीपक मगर ३-ओभर ७३ सहित नवौं स्थानमा रहदा धन बहादुर थापा र एमेच्योर गजेन्द्र गुरूङ संयुक्तरुपमा दशौं स्थानमा रहेका छन । उनीहरूले ४–ओभर ७४ मा पहिलो दिनको खेल सकाए।

भारतीय गल्फ टुरमा २०२४ सिजनको लागि कार्ड जोगाएर फर्किएका शुक्रले शुक्रबार घरेलु कोर्स धरान गल्फ क्लबमा राम्रो सुरुवात गरे। ५-पारको तेस्रो होलमा इगलको सफलता प्राप्त गरे तर लगतै चौथो होलमा डबल बोगीको सामना गरे। यसपछि पाँचौ देखि सातौं र नवौं होलमा बर्डीको सफलता प्राप्त गर्दै फ्रन्ट नाइन ४-अन्डर ३२ मा सकाए।

ब्याक नाइनमा उनले लय गुमाए। १३औं होलमा दिनको दोस्रो डबल बोगी खेपेका शुक्रले १२ औं र १६ औं होलमा एक–एक सट बचाए। तर १७ औं होलको बोगीले ब्याक नाइन १-ओभर ३५ मा पुरा गरे।

नीरजले पहिलो दिन दोस्रो स्थानमा खेल सकाउने क्रममा उत्कृष्ट सुरूवात गरे। तेस्रो, पाँचौ र नवौं होलको बर्डीले फ्रन्ट नाइन ३-अन्डर ३३ मा सकाए। यसपछि १४ औं र १५ औं होलमा लगातार दुई बोगी प्रहार गरे। १६ औं होलको बर्डीले ब्याक नाइन १-ओभर ३५ मा पुरा गरे। एमेच्योर गल्फर युवराजले फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाउने क्रममा तेस्रो र पाँचौ होलमा एक/एक सट बचाए। १२ औं होलमा बर्डी प्रहार गरे। तर १४ औं १६ औं होलको बोगीले ब्याक नाइन १-ओभर ३५ मा सकाए।

अर्का एमेच्योर पदमले पहिलो, छैटौं, आठौं र नवौं होलमा बर्डी प्रहार गरे। तर चौथो होलमा डबल बोगी र पाँचौ होलमा बोगी खेप्दा फ्रन्ट नाइन १-अन्डर ३५ मा सकाए। यसपछि १० औं र १८ औं होलमा बर्डी प्रहार गरेका पदमले १४ औं र १५ औं होलमा एक/ एक सट खेर फाले।

तीन दिने ५४ होलको प्रतियोगितामा ३० प्रो र १७ एमेच्योर गल्फर गरी कुल ४७ जनाको सहभागीता  छ। ३६ होलको समाप्तीमा कट लागु हुनेछ। जहाँ २१ टप प्रोफेसनल खेलाडीले अन्तिम १८ होलको लागि स्थान बनाउनेछन्। 

यो पटक देखि एमेच्योर खेलाडीको हकमा भने प्रोफेसनल खेलाडीको कटमा पर्नेले मात्र अन्तिम १८ होलको प्रतिस्पर्धामा सहभागीता जनाउन पाउनेछन्।

कुल ८ लाख ४० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले १ लाख ४० हजार, तथा दोस्रो र तेस्रो हुनेले क्रमशः ९६ हजार र ७२ हजार रुपैयाँ प्राप्त गर्नेछन्। साथै उत्कृष्ट २१ मा पर्न सफल प्रो गल्फरले नगद हात पार्छन्ने। प्रतियोगिताको अन्तिम दिन शनिबार प्रो–एम प्रतियोगिता हुनेछ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate