नेपाल ओलम्पिक कमिटी

बैद्य चिफ-डि-मिसन बैठकमा सहभागी हुँदै

काठमाडौं । नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्यले यसै साता हान्चोउमा हुने १९ औं एसियाली खेलकुदको चिफ-डि-मिसन बैठकमा सहभागिता जनाउने भएका छन् ।

दुई दिनको बैठक मंगलबार र बुधबार हुनेछ । अबको एसियाली खेलकुद यसै वर्षको सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हानचोउ हुँदैछ ।

बैठकमा प्रतियोगिताको आयोजनाबारे छलफल हुनेछ । यस्तै बैठकमा सहभागी हुने प्रतिनिधिलाई प्रतियोगिताको क्रममा प्रयोग हुने खेल स्थलबारे पनि जानकारी दिइनेछ । प्रतियोगिताका लागि ४४ खेल स्थल प्रयोगमा आउने छन् । त्यसमध्ये १४ नयाँ रहेका छन् । हानचोउ एसियाली खेलकुदमा ४० खेल समावेश छन् ।