आर्सनल

जिजसको विकल्प खोज्दै आर्सनल

लन्डन । आर्सनलका प्रशिक्षक मिकेल अर्टेटाले ब्राजिलियन स्ट्राइकर गाब्रियल जिजसको विकल्पमा अर्को खेलाडी खोजिरहेको बताएका छन ।

‘अहिले हामीलाई खेलाडीको चोटले केही सताएको छ । कसरी टोलीलाई बलियो बनाउन सकिन्छ भनेर सोचिरहेका छौं’ अर्टेटाले भने‘ हामीसँग विकल्पका रुपमा धेरै खेलाडी छन ।’

कतार विश्वकप २०२२ अन्तर्गत क्यामरुनविरुद्ध समूह जी को अन्तिम खेलमा  जिजस घाइते भएका थिए । सो खेल ब्राजिलले १–० ले हारेको थियो ।
जिजसको घुँडाको  शल्यक्रिया गरिएका कारण उनी कम्तीमा पनि तीन महिना मैदान बाहिर रहने बताइएको छ ।

यस सिजन इङलिस प्रिमियर लिगमा आर्सनलको उत्कृष्ट लयमा जिजसले प्रभावशाली प्रदर्शन गर्दै आएका थिए । उनको अनुस्थिती शीर्ष स्थानको आर्सनलका लागि निकै महंगो साबित हुनसक्छ ।