फाल्गुन १७, २०८२ आइतबार | ०७:१२:५४
यमलको ह्याट्रिक, बार्सिलोनालाई चार अंकको अग्रता लिभरपुलको जित श्रीलंकालाई हराएपनि पाकिस्तान बाहिरियो मछिन्द्रको पहिलो हार, चर्च ब्वाइज चौथो स्थानमा उक्लियो काँक्रेबिहारलाई भगवतीले सहजै हरायो, एपिएफसँग पुलिसले अंक खोस्यो ट्वान्टी–२० विश्वकपमा यसपालि शतक हान्नेहरू एक भयानक सम्भावनाः टोटनहमको रेलिगेसन युरोपेली फुटबलमा इङ्लिस क्लबकै दबदबा उदयपुरबाट महिला फुटबलले समातेको गन्तव्य ठूला ५ दलका चुनावी घोषणापत्रमा खेलकुदका मुद्दा: सतही, हचुवा र गोलमटोल यमलको ह्याट्रिक, बार्सिलोनालाई चार अंकको अग्रता लिभरपुलको जित श्रीलंकालाई हराएपनि पाकिस्तान बाहिरियो मछिन्द्रको पहिलो हार, चर्च ब्वाइज चौथो स्थानमा उक्लियो काँक्रेबिहारलाई भगवतीले सहजै हरायो, एपिएफसँग पुलिसले अंक खोस्यो ट्वान्टी–२० विश्वकपमा यसपालि शतक हान्नेहरू एक भयानक सम्भावनाः टोटनहमको रेलिगेसन युरोपेली फुटबलमा इङ्लिस क्लबकै दबदबा उदयपुरबाट महिला फुटबलले समातेको गन्तव्य ठूला ५ दलका चुनावी घोषणापत्रमा खेलकुदका मुद्दा: सतही, हचुवा र गोलमटोल
शनिबारको दिन फिफा विश्वकप

केही नपुगेको जस्तो विश्वकप

सबैभन्दा पहिले हामीले स्वीकार्नै पर्छ, विश्वकप भनेको विश्वकप नै हो । अहिले कतारमा फुटबल विश्वकप २०२२ चलिरहेको छ । चारैतर्पm यसकै मात्र चर्चा छ । नहोस् पनि किन र ? आखिरमा यो विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता पो हो । तर, यही विश्वकपलाई लिएर केही नपुगे जस्तो, कहींकतै केही चुक भइरहेको अनुभव गर्नेहरू पनि छन् । तिनीहरूको भनाइ हो, यसअघिका विश्वकप हेर्दा जुन रौनकता हुन्थ्यो, अहिले त्यो कहाँ छ र ?

सायद यस दाबीमा केही दम पनि छ । हाम्रो आफ्नै नेपाली फुटबल दृष्टिकोणले हेर्दा यसका केही ठोस कारण रहेको मान्न सकिन्छ । यसको प्रमुख कारण अन्तर्राष्ट्रिय फुटबल हेर्ने दृष्टिकोण नै हो । अचेल क्लब फुटबलमा रमाउने धेरै भएका छन् । धेरैका लागि एक प्यारो क्लब छ, यो क्लबको प्रदर्शनले उसलाई सुख दिन्छ, दुःख पनि दिन्छ । युरोपका ठुल्ठूला क्लबको नेपालमा बाक्लै समर्थक छन् । तिनले आ-आफ्नो समूह पनि बनाएका छन् ।

तिनका लागि इङ्लिस प्रिमियर लिग, स्पेनी ला लिगा, इटालीको सिरी ‘ए’, जर्मनीको बुन्डेसलिगा नै ठूलो । अनि रियल म्याड्रिड, बार्सिलोना, लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, चेल्सी, आर्सनल, एसी मिलान, इन्टर मिलान, युभेन्ट्स वा अरू कुनै क्लब नै ठूलो । तिनका लागि सबैभन्दा ठूलो भनेको युरोपेली च्याम्पियन्स लिग नै हुने गर्छ । आफूलाई मन परेको क्लबले उतार्ने सुरुआती ११ खेलाडीमात्र होइन, बेन्चमै बस्ने खेलाडीबारे पनि उनीहरूसँग प्रशस्त जानकारी हुन्छ ।

तर, विश्वकपका अधिकांश टिमका अधिकांश खेलाडी हाम्रा लागि अपरिचित नै हुने गर्छन् । क्लब फुटबलमा साह्रै रमाइसकेका लागि देशले खेल्ने फुटबल अलिकति फिक्का फिक्का महसुस हुनसक्छ, यस्ताको भनाइ यही हो ।

सन् १९८६ को विश्वकपदेखि नेपालमा यसलाई साह्रै चाख मानेर हेर्न सुरु भएको थियो । त्यतिबेला यो नेपाली फुटबल प्रशंसकका लागि ठूलो थियो, कल्पनाभन्दा बाहिरको । तर अहिले त्यस्तो रहेन । टेलिभिजनको माध्यमबाट उत्तिकै उम्दा फुटबल हाम्रै घर-घर आइसकेको छ ।

प्रविधिकै कारण उम्दा फुटबल हेर्ने अन्य विकल्प पनि रहे । यस अगाडि अघिल्लो रातको खेल हेर्न कुरेको कु¥यैं गर्नुपर्ने प्रशंसकले अब एकै क्षणमा आफ्नै मोबाइलमा यस्ता खेलका मुख्य मुख्य अंश र प्रत्यक्ष प्रसारण नै हेर्न पाउँछन् । यसपल्टको विश्वकपमा रमाउन नसक्नेका अरू कारण पनि छन् । एक त यो हाम्रो जाडो मौसम आयोजना भइरहेको छ, गर्मीको बेला राति राति जागेर फुटबल हेर्न अलिकति भए नि सजिलै हुन्छ । हेर्ने त विश्वकप हामीमध्ये धेरैका लागि टेलिभिजनमै हो ।

तर टेलिभिजनमै हेर्न पनि अलिकति कचकच गर्नुप¥यो । सायद सबैभन्दा ठूलो कारण त के हुनसक्छ भने विश्वकप सुरु हुनु अगाडि कतारबाट फैलिएका नकारात्मक समाचार नै भए । यी समाचार सुन्दा सुन्दा हामीलाई लागेको छ, कतारले सायद यस विश्वकप आयोजना गर्नेक्रममा धेरैलाई अन्याय नै गरेको छ । यी सबै कारणबीच हामीलाई यसपल्टको विश्वकप अलिकति खल्लो लाग्नु स्वाभाविक पनि हो । फेरि भन्नैपर्छ, विश्वकप भनेको विश्वकप नै हो ।