वसन्त गौचन

पूर्व खेलाडी गौचनको फुटबल एकेडमी सञ्चालनमा

पोखरा । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी  वसन्त गौचन शनिबारबाट गृहनगर पोखरामा आफ्नौ नाममा वसन्त गौचन (बीजीे) फुटबल एकेडेमी संचालमामा ल्याएका छन् ।

विगत दुई दशक देखि जापानलाई कर्मथलो बनाउदै आएका वसन्तले ३ महिना अघिदेखीन नै एकेडेमीमा प्रशिक्षण सुरु गरे पनि एकेडेमीको औपचारिक सुरुआतबाट शनिबारबाट मात्र भएको हो ।

उक्त एकेडेमी पोखरा महानगरपालिका वडा नम्बर २७ रिठेपानीमा १५ रोपनी जग्गामा फैलिएको छ । एकेडेमीको निर्देशक राजेन्द्रतामाङ हुन भने मुख्य प्रशिक्षकमा शम्भु केसी रहेका छन् । एकेडेमीमा दैनिक २ सय खेलाडीले प्रशिक्षण लिन सक्ने बताइएको छ ।

 गौचनले हाल  टोकियोकै चोफुओच्का सकर क्लबको युथ टोलीको प्रशिक्षण सम्हाल्दै आएका छन् ।