इङलिस लिग कप

एभर्टनको लज्जास्पद हार

लन्डन । बर्नमाउथलाई ४-१ को नतिजा सुम्पिएसँगै फ्रयांक लाम्पार्डको टोली एभर्टन मंगलबार इङलिस लिग कपबाट बाहिरिएको छ ।

एभर्टनको रक्षापत्तिंमा भएको गल्तीको फाइदा उठाउँदै बर्नमाउथले चौथो चरणमा स्थान बनाएको हो । बर्नमाउथ इङलिस प्रिमियर लिगको लगातार चार खेलमा पराजित भएको थियो । यससँगै बर्नमाउथले पाँचौ खेलमा आएर हारको शृंखलामाथि समेत पूर्णविराम लगाएको छ ।

बर्नमाउथको जितमा जमाल लोवी,जुनियर स्टानिलस, इमिलियानो मार्कोन्डेस र जियाडन एन्थोनीले समान एक गोल गरे । एभर्टनका लागि डिमराई ग्रेले सान्त्वना गोल गरे ।

पछिल्लो खेलमा प्रिमियर लिगमा लेस्टर सिटीविरुद्ध पराजित भएपछि लाम्पार्डले मंगलबार बर्नमाउथविरुद्ध ११ खेलाडी परिवर्तन गर्दै टोली मैदानमा उतारेका थिए ।

लिग कपअन्तर्गत मंगलबार सम्पन्न अन्य खेलमा लेस्टर सिटीले न्युपोर्ट काउन्टीलाई ३-० ले हरायो भने बनर्लीले क्रले टाउनलाई ३-१ ले निराश पार्यो । त्यस्तै जेलिनघमले ब्रन्टफोर्डलाई पेनाल्टी सुटआउटमा ६-५ ले हरायो भने लिङकन सिटीले ब्रिस्टोल सिटीलाई ३१- ले पराजित गर्यो ।