वैशाख २८, २०८२ आइतबार | २१:५४:५०
नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल सेमिफाइनलमा, बाहिरियो श्रीलंका म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित रग्बीको बन्द प्रशिक्षणबाट १२ खेलाडी बाहिरिए न्युक्यासलको सहज जित च्यासलविरुद्ध टुसालले हार टार्यो, रेलिगेसनको खतरा कायमै बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी

फ्रान्सका लागि एकमात्र विकल्पः उपाधि रक्षा

फ्रान्स साविक विजेताको हैसियतमा विश्वकपका लागि कतार जाँदैछ । युरोपेली क्लब फुटबलमा तहल्का मच्चाइरहेका स्टार खेलाडीहरुको बाहुल्य रहेको कारण उसै पनि फ्रान्स उपाधिको प्रबल दाबेदार टोली हो ।

पक्कै पनि फ्रान्सलाई करिम बेन्जेमा र किलियन एमबाप्पेहरुको पुस्ताबाट अझै एउटा विश्वकपको आश छ । टिम युवा छ, बलियो छ र खेलाडीहरुमा विश्वकप जितिसकेको अनुभव पनि छ । यस्तोमा टिमसँग उपाधि रक्षा बाहेकको विकल्प छैन ।

तर डिडियर डेशच्याम्पसको लागि कतार भ्रमणमा घाइते मिड्फिल्डरद्धय एनगोलो कान्टे र पाउल पोग्बाको अनुपस्थिती पुर्ने चुनौती भने ठूलो हुनेछ । सँगै साविक विजेता हुनुको दबाब पनि टोलीले मध्यपूर्वमा सामना गर्नुपर्नेछ । विश्वकप इतिहासले पनि यसै भन्छ । विश्वकपको इतिहासमा एक पटक ब्राजिलवाहेक कहिल्यै पनि साविक विजेताले उपाधि रक्षा गर्न सकेका छैनन् ।

स्वयम फ्रान्ससँग उत्कृष्ट टिम हुनाका बावजुद उपाधि रक्षा अभियानमा रहँदा पहिलो चरणबाटै बाहिरिनुपरेको अनुभव छ । २००२ को विश्वकपमा साविक विजेता फ्रान्स पहिलो खेलमै सेनेगलसँग पराजित भएको थियो । समूह चरणमा एउटै गोल नगरि टोली घर फर्किएको थियो ।

त्यस्तै २०१० मा इटाली , २०१४ मा स्पेन र २०१८ मा जर्मनी पनि राम्रो टिम हुनाका बावजुद उपाधि रक्षामा असफल भएका पछिल्ला उदाहरण हुन् । चार वर्षअघिका विश्व बिजेता यी सबै पनि समूह चरण बाटै घर फर्केका थिए ।

फ्रान्सले यो विश्वकपमा टिम व्यवस्थापनमा भने विशेष ध्यान दिनेछ । राम्रा खेलाडीको जमघटले मात्र खेल जितिँदैन भन्ने डेशच्याम्पसलाई राम्ररी थाहा छ । आन्तरिक झगडा, खेलाडीबीचको समन्वयमा कमि जस्ता कुराले ठूलो बाधा ल्याउँछ । यसले टिमलाई अफ्ट्यारोमा पार्छ । फ्रान्स आफै पनि यसको राम्रो उदाहरण हो ।

२०१८ को विश्वकप जितेको फ्रान्स २०२१ मा भएको युरो २०२० को प्रबल दावेदार थियो । यसको लागि टिम तयार थियो, बलियो थियो, मैदानमा कुनै पनि बेला जादु देखाउन सक्ने खेलाडीहरुको बाहुल्य थियो । तर टोली अन्तिम १६ भन्दा माथि जान सकेन । मैदानभित्र खेलाडीबीच भएका केही समस्याहरुले गर्दा फ्रान्सले युरो गुमाउनु पर्यो ।

फ्रान्सका लागि त्यो नमिठो अनुभव ताजै छ । यही कारण टोली सतर्क भएर प्रस्तुत हुनेछ । कतार विश्वकप फ्रान्सका लागि १६औं सहभागिता हो । फ्रान्सको विश्वकप यात्रा १९३० मै सुरु भएको हो । पहिलो विश्वकपको उद्घाटन खेलमा फ्रान्सले मेक्सिकोसँग प्रतिस्पर्धा गरेको थियो । यसअर्थमा फ्रान्स विश्वकपको सबभन्दा जेठो दुईमध्ये एक टिम हो । त्यो खेलमा फ्रान्स ४-१ को नतिजामा विजयी भएको थियो ।

विश्वकपका सुरुआति ९ अनुभवमा फ्रान्सले उल्लेख्य केही गर्न सकेन । तेस्रो संस्करणको आफैले आयोजना गर्दा फ्रान्स १९३८ मा अन्तिम आठमा इटालीसँग पराजित भएको थियो । इटालीले पछि त्यो संस्करणमा उपाधि जितेको थियो । त्यसपछि टोली १९५० , १९६२ , १९७० र १९७४ को विश्वकपमा छनोट चरण पार गर्न नै सफल भएन ।

१९५८ को विश्वकपमा तेस्रो स्थान हासिल गर्न सकेकाले टोलीका लागि त्यो केही विशेष रह्यो । सेमिफाइनलमा च्याम्पियन ब्राजिलसँग पराजित भएको फ्रान्सले तेस्रो स्थानको प्ले अफमा जर्मनीलाई ६-३ ले हराएको थियो ।

१९८० को दशकमा फ्रान्समा प्लाटिनी पुस्ताको आगमन भयो । फ्रान्स फुटबल अझ बढी लोकप्रिय भएको  १९८२ को विश्वकप पछि हो । त्यस पुस्ताका नायक थिए मिचेल प्लाटिनी । उनी १९८२ र १९८६  संस्करणको विश्वकपमा फ्रान्सका कप्तान थिए । तर उनले आफ्नो करियरमा फ्रान्सलाई विश्वकप उपाधि भने जिताउन सकेनन् । तर १९८२ मा चौथो तथा १९८६ मा तेस्रो स्थान दिलाउँदै फ्रान्सेली फुटबलको जग बसाएको जस भने उनैलाई जान्छ ।

लगातार दुई चोटि सेमिफाइनल फाइनल पुगेको फ्रान्स त्यसपछिको दुई संस्करणको विश्वकपमा भने छनोट हुनै सकेन । फ्रान्सेली फुटबल संघले १९८८ मा प्लाटिनीलाई राष्ट्रिय टिमको जिम्मा दियो । तर १९९० को विश्वकपमा स्थान बनाउन टोली असफल भयो ।

लगातार दुई संस्करण गुमाएको फ्रान्सले चार वर्ष पछि आफ्नै भूमिमा विश्वकप आयोजना गर्यो । १९९८ मा डेशच्याम्पसको कप्तानीमा रहेको टिमले फाइनलमा त्योबेलाको दिग्विजयी ब्राजिललाई ३-० को नतिजामा निराश पार्दै घरेलु मैदानमा पहिलो उपाधि जित्यो । त्यो विश्वकपका नायक थिए, फाइनलमा दुई गोल गरेका जिनेदिन जिदान ।

१९९८ को यो टिमले दुई वर्ष पछि डेस्च्याम्पकै नेतृत्वमा युरो २००० पनि जित्यो । त्यसैले पनि यस जिदान पुस्तालाई फ्रान्स फुटबल इतिहासमा सुनौलो पुस्ताका रुपमा लिइन्छ ।

२००२ मा फ्रान्स उपाधि रक्षाका लागि जापान–कोरिया पुग्दा पहिलो खेल हार्नुका साथै अनपेक्षित तवरमा पहिलो चरणबाटै घर फर्किनुपर्ने दुर्भाग्यको सिकार बन्नुपर्यो । जुन फ्रान्सेली फुटबल इतिहासकै सबभन्दा लज्जाजनक प्रतियोगिता बन्यो ।

चार वर्षपछि २००६ मा जिदानकै नायकत्वमा फ्रान्स फाइनल पुग्यो । तर आफ्नो करियरको अन्तिम खेल खेलिरहेका जिदानले नै फाइनलमा गरेको ठूलो गल्तीको मुल्य चुकाउनुपर्दा टोली उपविजेतामा सीमित भयो । इटालीविरुद्धको त्यो फाइनलमा जिदान आफैले गोल गरेर फ्रान्सलाई अग्रता दिलाएका थिए । तर विपक्षी खेलाडी मार्को माटेराजीको उक्साहटमा लागेर उनले रातो कार्ड सामना गरे । 

पेनाल्टी सुटआउटमा जिदानविनाको फ्रान्स पराजित भयो । इटालीले चौथो पटक विश्वकप जित्यो । माटेराजीले उक्साएपछि जिदानले माटेराजीलाई टाउकाले हानेर मैदानमा ढालेका थिए । जिदानको त्यो हेडबट विश्व फुटबलमा निक्कै चर्चित छ । पछि माटेराजीले नै इटालीका लागि गोल फर्काएर खेल टाई ब्रेकरसम्म धकेलेका थिए ।

२०१० को विश्वकप फ्रान्सका लागि झनै दुर्भाग्यजनक रहयो । छनोटमा नर्दन आयरल्यान्डमाथि पाएको विवादास्पद जितले मात्र फ्रान्सको दक्षिण अफ्रिका भ्रमण पक्का गरेको थियो । ठूला स्टार नामहरुको भिड हुनाका बावजुद फ्रान्स दक्षिण अफ्रिकाबाट एउटै खेल नतिजी समूह चरणबाटै घर फर्किनुपर्यो ।

युरो २०१२ पछि पूर्व कप्तान डेशच्याम्पसले प्रशिक्षकका रुपमा टिमको जिम्मेवारी लिए । २०१४ मा डेशच्याम्पसको टोलीले अन्तिम आठसम्मको यात्रा गर्यो । जहाँ टोली जर्मनीसँग पराजित भयो । गत संस्करणमा किलियन एमबाप्पेको प्रेरणामा टोलीले फाइनलमा क्रोएसियामाथि जित हासिल गर्दै दोस्रो पटक विश्वकप उपाधि उचाल्यो । गतवर्ष स्पेनलाई २-१ ले पराजित गर्दै टोली दोस्रो युइएफए नेशन्स लिगमा पनि च्याम्पियन भयो ।

रुस विश्वकपमा फ्रान्स प्रतियोगिताकै कान्छो टिम मध्येको एक थियो । टोलीका खेलाडीको औसत उमेर जम्मा २६ वर्ष थियो । यसपाति ती खेलाडी अझ बढी निखारिएका छन् । त्यसैले फ्रान्सलाई फेरि पनि उपाधि दावेदारका रुपमा हेरिएको हो । तर, यसपाली दुई भरपर्दा मिडफिल्डर, एनगोलो कान्टे र पाउल पोग्बा विना विश्वकप टोली कतार भ्रमणमा निस्कँदैछ । डेशच्याम्पसले यिनको विकप्लमा कामाभिन्गा र टुवामेनीमा विश्वास गरेका छन् । 

तर, भर्खर बालन डी अर जितेका बेन्जेमा र तिब्र गतिका एमबाप्पेको उपस्थिती भने फ्रान्सका लागि बरदान सावित हुन सक्छ ।

करिम बेन्जेमा (रियाल मड्रिड)

पछिल्लो सिजन स्ट्राइकर करिम बेन्जेमाका लागि निकै सुखद रह्यो । बेन्जेमाकै उत्कृष्ट प्रदर्शनको प्रेरणामा स्पेनिस क्लब रियाल मड्रिडले १४औं युरोपियन च्याम्पियन्स लिगको उपाधि जित्यो । यसक्रममा टोलीले फाइनलमा इङ्लिस महारथी लिभरपुललाई हराएर ।

प्रतियोगिता अवधिभर दुई ह्याट्रिकसहित १५ गोल गरेका बेन्जेमाले त्यही प्रदर्शनको आधारमा यसपाली बालन डी अर उपाधि जिते । रियालका मुखय खेलाडी बेन्जेमाले क्लब फुटबलमा जित्न बाँकी उपाधि केही छैन । तर राष्ट्रिय टोलीमा भने उनको यात्रा सुखद छैन । २००७ मा सिनियर टिमको जर्सी लगाएका बेन्जेमाका लागि कतार विश्वकप आफ्नो दोस्रो विश्वकप हो ।

२०१० मा उनी रेमण्ड डोमेनेचको प्रारम्भिक ३० सदस्यीय टोलीमा नअटाएका बेम्जेमाले २०१४ ब्राजिल विश्वकप खेलेका थिए । २०१५ को अन्त्यतिर उनलाई सहकर्मी म्याथ्यु भ्याल्बोएनालाई ब्ल्याकमेलिङ गरेको आरोपमा राष्ट्रिय टोलीबाट हटाइएको थियो । त्यसपछि उनी युरो २०२१ मा राष्ट्रिय टिममा फर्केका हुन् ।

हारलाई जितमा परिणत गर्न सक्ने क्षमता राख्ने बेन्जेमा टिमलाई आवश्यक पर्दा गोल गर्ने क्षमता राख्छन् । उनको उपस्थितिले फ्रान्सलाई उपाधि रक्षा गर्न थप सजिलो हुनेछ ।

विश्वकपमा फ्रान्स

विरुद्ध अष्ट्रेलिया  (अल जुनब रंगशाला)
मंसिर ६ गते, राति १२ः४५ बजे

विरुद्ध डेनमार्क (रंगशाला ९७४)
मंसिर १० गते, राति ९ः४५ बजे

विरुद्ध ट्युनिसिया (एजुकेसन सिटी रंगशाला)
मंसिर १४ गते, राति ८ः४५ बजे

(एजेन्सीको सहयोगमा)


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP