च्याम्पियन्स लिग

युरोपा लिग खेल्ने एट्लेटिकोको लक्ष्य अधुरै

मड्रिड । समूह चरणको अन्तिम खेलमा एसी पोर्टोलाई २-१ को नतिजा सुम्पिएसँगै एट्लेटिको मड्रिडको युरोपा लिग खेल्ने लक्ष्यमा पूर्णविराम लागेको छ । 

च्याम्पियन्स लिगअन्तर्गत समूह बी बाट यसअघि नै क्लब ब्रुज र एफसी पोर्टो क्रमश पहिलो र दोस्रो स्थानमा बस्दै अन्तिम १६ मा प्रवेश गरिसकेका थिए । समूह चरणको अन्तिम खेलअघि सम्म तेस्रो स्थानमा रहेको एट्लेटिकोलाई युरोपा लिग खेल्नका लागि पोर्टोविरुद्ध कम्तीमा एक अंक आवश्यक थियो । 

तर डिएगो सिमोन्सको टोली अन्तिम खेलमा पराजित भएसँगै युरोपा लिग समेत योग्य भएन । अन्तिम खेलमा शीर्ष स्थानको क्लब ब्रुजसँग अंक बाँडेसँगै बायर लेभरकुशनले युरोपा लिगमा स्थान बनायो ।

शीर्ष स्थानको १२ अंक रह्यो भने दोस्रो स्थानको पोर्टोको ११ अंक रह्यो । तेस्रो स्थानको बायर लेभरकुशन र चौथो स्थानको एट्लेटिकोको समान पाँच अंक रह्यो ।