साफ महिला च्याम्पियनसिप

साफ महिला च्याम्पियनसिपः पहिलो हाफमा बंगलादेश अघि

काठमाडौं । साफ महिला च्याम्पियनसिपअन्तर्गत माल्दिभ्ससँगको पहिलो हाफमा बंगलादेशले ३-० को अग्रता बनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार जारी खेलको सुरुआतदेखि माल्दिभ्समाथि बलियो पकड बनाएको बंगलादेशले खाता भने ३३औं मिनेटमा खोलेको थिए ।

खेलको ३३औं मिनेटमा सबिना खातुनले करिब ३० यार्ड परबाट गरेको प्रहारले सोझै जाली चुमेको थियो ।

त्यसको अर्को मिनेटमा मासुर प्राविनले बंगलादेशको अग्रतालाई दोब्बर पारिन् । प्राविनाले माल्दिभियन डिफेन्डरलाई बिट गर्दै गोल गरिन् ।

सविनाले नै ४०औं मिनेटमा बंगलादेशको अग्रतालाई ३-० मा पूर्याइन् ।

मारिया मन्दाले बक्स बाहिरबाट गरेको प्रहार माल्दिभ्सकी गोलकिपर अमिनाथ लिजाले नियन्त्रणमा लिन नसक्दा सविनाले टिमका लागि व्यक्तिगत दोस्रो गोल गरिन् ।