चैत्र १३, २०८२ शुक्रबार | ००:२८:२७
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

साफ महिला च्याम्पियनसिपः बंगलादेशको सुखद सुरुआत

काठमाडौं । साफ महिला च्याम्पियनसिपको छैटौं संस्करणमा बंगलादेशले सुखद सुरुआत गरेको छ । च्याम्पियनसिपअन्तर्गत बुधबार भएको खेलमा बंगलादेशले माल्दिभ्स ३–० ले पराजित गर्यो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलको अधिकांश समय बलमा नियन्त्रण बनाएको बंगलादेशलाई जित दिलाउन सविना खातुनले दुई र मासुर प्रविनाले एक गोल गरे । बंगलादेशले तीनै गोल पहिलो हाफमा गरेको थियो । 

बंगलादेशकी सविना खातुनले खेलको ३३औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् । सविना खातुनले करिब ३० यार्ड परबाट गरेको प्रहारले सोझै जाली चुमेको थियो ।

त्यसको अर्को मिनेटमा मासुर प्राविनले बंगलादेशको अग्रतालाई दोब्बर पारिन् । प्राविनाले माल्दिभियन डिफेन्डरलाई बिट गर्दै गोल गरिन् ।

सविनाले नै ४०औं मिनेटमा बंगलादेशको अग्रतालाई ३–० मा पूर्याइन् ।

मारिया मन्दाले बक्स बाहिरबाट गरेको प्रहार माल्दिभ्सकी गोलकिपर अमिनाथ लिजाले नियन्त्रणमा लिन नसक्दा सविनाले टिमका लागि व्यक्तिगत दोस्रो गोल गरिन् ।

दोस्रो हाफमा पनि अधिकांश समय बलमा नियन्त्रण बनाएको बंगलादेशले अग्रता फराकिलो बनाउन भने सकेन ।

८१औं मिनेटमा सविनाले नै गोल गरे पनि सहायक रेफ्रीले त्यसलाई अफसाइडको इशारा गरे । सविना खेलको ‘प्लेअर अफ दि म्याच’ घोषित भइन् ।

जितसँगै समूह ‘ए’ बंगलादेशले तीन अंक जोडेको छ । यो समूहमा भारतले पनि तीन अंक जोडेको छ । भारतले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ३–० ले नै पराजित गरेको छ । पहिलो खेलमा हार बेहोरेका पाकिस्तान र माल्दिभ्स अंकविहिन छन् ।

समूहका शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

च्याम्पियनसिपको छैटौं संस्करणमा साफका सात वटै देशको सहभागिता रहेको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो