माघ १५, २०८२ बिहीबार | १७:२९:४२
साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो

साफ महिला च्याम्पियनसिपः बंगलादेशको सुखद सुरुआत

काठमाडौं । साफ महिला च्याम्पियनसिपको छैटौं संस्करणमा बंगलादेशले सुखद सुरुआत गरेको छ । च्याम्पियनसिपअन्तर्गत बुधबार भएको खेलमा बंगलादेशले माल्दिभ्स ३–० ले पराजित गर्यो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलको अधिकांश समय बलमा नियन्त्रण बनाएको बंगलादेशलाई जित दिलाउन सविना खातुनले दुई र मासुर प्रविनाले एक गोल गरे । बंगलादेशले तीनै गोल पहिलो हाफमा गरेको थियो । 

बंगलादेशकी सविना खातुनले खेलको ३३औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् । सविना खातुनले करिब ३० यार्ड परबाट गरेको प्रहारले सोझै जाली चुमेको थियो ।

त्यसको अर्को मिनेटमा मासुर प्राविनले बंगलादेशको अग्रतालाई दोब्बर पारिन् । प्राविनाले माल्दिभियन डिफेन्डरलाई बिट गर्दै गोल गरिन् ।

सविनाले नै ४०औं मिनेटमा बंगलादेशको अग्रतालाई ३–० मा पूर्याइन् ।

मारिया मन्दाले बक्स बाहिरबाट गरेको प्रहार माल्दिभ्सकी गोलकिपर अमिनाथ लिजाले नियन्त्रणमा लिन नसक्दा सविनाले टिमका लागि व्यक्तिगत दोस्रो गोल गरिन् ।

दोस्रो हाफमा पनि अधिकांश समय बलमा नियन्त्रण बनाएको बंगलादेशले अग्रता फराकिलो बनाउन भने सकेन ।

८१औं मिनेटमा सविनाले नै गोल गरे पनि सहायक रेफ्रीले त्यसलाई अफसाइडको इशारा गरे । सविना खेलको ‘प्लेअर अफ दि म्याच’ घोषित भइन् ।

जितसँगै समूह ‘ए’ बंगलादेशले तीन अंक जोडेको छ । यो समूहमा भारतले पनि तीन अंक जोडेको छ । भारतले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ३–० ले नै पराजित गरेको छ । पहिलो खेलमा हार बेहोरेका पाकिस्तान र माल्दिभ्स अंकविहिन छन् ।

समूहका शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

च्याम्पियनसिपको छैटौं संस्करणमा साफका सात वटै देशको सहभागिता रहेको छ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।