नेपाल-भारत मैत्रीपूर्ण खेल, भारत २-० ले अगाडि

काठमाडौं, (खेलाडी)- कप्तान सुनील क्षेत्रीको गोलमा भारतले नेपालविरुद्धको दोस्रो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा २-० को अग्रता लिएको छ ।

समय सकिन १० मिनेट बाँकी रहँदा सुनीलले भारतका लागि गोल गरेका थिए । यसअघि पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएपछि भारतले दुवै गोल मध्यान्तरपछि गरेको थियो । 

यसअघि फारुखले ६१औं मिनेटमा गोल गर्दै भ्रमणकारी टोलीलाई अग्रता दिलाएका थिए । उनले कप्तान सुनील क्षेत्रीको पासमा गोल गरेका थिए ।