महिला साफ च्याम्पियनसिप

महिला साफ: टेक्निकल कमिटिको जिम्मेवारी कृष्ण थापालाई

काठमाडौं । भदौ चौथो हप्तादेखि सुरु हुने साफ महिला च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजक समितिले टेक्निकल कमिटिको जिम्मेवारी कृष्ण थापालाई दिएको छ ।

मंगलबार एन्फा कम्प्लेक्समा वरिष्ठ उपाध्यक्ष विरबहादुर खड्काको नेतृत्वमा बसेको बैठकले प्रतियोगिताका लागि विभिन्न कमिटि गठन गरी सबै कमिटिको संयोजकसमेत चयन गरेको हो ।

एन्फाले यसअघि नै रविन्द्र चन्दलाई ‘भेन्यु म्यानेजर’ र विजय घलेलाई स्थानीय आयोजक संयोजकको रुपमा चयन गर्दा दीनेश व्यन्जनकारलाई सुरक्षा प्रमुख र सन्जिव सिल्पकारलाई मार्केटिङ, ब्रोडकास्टिङ तथा डिजिटल राइट् संयोजकको रुपमा चयन गरिसकेको छ ।

बैठकले प्रतियोतिगाको टिकटका लागि पुनः टेन्टर आह्वान गर्ने निर्णय समेत गरेको छ । जसको न्युनतम मुल्य २५ लाख रहेको छ । 

महिला साफ च्याम्पियनसिप भदौ २१ गतेदेखि कार्तिक तीन गतेसम्म दशरथ रंगशालामा हुने तालिका छ ।

हस्पिटालिटी कमिटिः मनिस जोशी

स्वास्थ्य कमिटिः रमेश व्यन्जनकार

होटेल तथा यातायात कमिटिः पुरुसोत्तम थापा

टेक्निकल कमिटिः कृष्ण थापा

रेफ्री कोर्डिनेटर कमिटिः बुद्धि गुरुङ

कार्यक्रम कमिटिः विकास नारायण श्रेष्ठ

प्रचार कमिटिः सुरेश साह

नेपाली राष्ट्रिय टिम व्यवस्थापन कमिटिः सरिला श्रेष्ठ